निर्धन उत्थान बैंकको मुनाफा ४० करोड नजिक,गतवर्षको तुलनामा १० प्रतिशत कम नाफा


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

निर्धन उत्थान बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ करोड ९१ लख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्धन उत्थानले ४४ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब आठ करोड २३ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा सात अर्ब ८८ करोड ८१ लाख रुपैयाँ संकलन गरी कर्जामा १४ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ११ दशमलव ९१ प्रतिशतले बढेर ९४ करोड ६६ लाख ३० हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७ दशमलव ३६ प्रतिशतले घटेर ९७ करोड १३ लाख ६७ हजार रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा छ करोड १४ लाख १५ हजार रुपैयाँ राखेको छ ।

बैंंकको यस त्रैमासमा प्रतिसेयर आम्दानी ५३ दशमलव २२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ८४ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय आठ दशमलव २३ रुपैयाँ र तरलता अनुपात १३ दशमलव ४६ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८३ प्रतिशत, पूँजीकोष १२ दशमलव १३ प्रतिशत र सिडि रेसियो १८७ प्रतिशत रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com