उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु : चीन


प्रकाशित मिति : बैशाख ११, २०७५ मंगलबार

चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हँुदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ ।

चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन् ।
आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फपर्ने ठाउँमा दुर्घटना भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले पत्रकारलाई बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले घटनाका बारेमा अनुसन्धान गरिरहेका छौं, पूर्ण विवरण आउन बाँकी नै छ ।”

चिनियाँ राज्यद्धारा सञ्चालित सञ्चार माध्यम सिजीटीएनले शुरुमा ३० भन्दा बढीको मृत्यु भएको समाचार संप्रेषण गरेपनि पछि भने समाचार नै हटाएको छ ।

समाचार अनुसार उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हो । (रासस÷एएफपी)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com