बुद्धजयन्ती मनाउन पोर्चुगलमा आजैदेखी तयारी,मुल समारोह समिति र उपसमितिहरु गठन


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

यस बर्षको शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६२औं जन्म जयन्ती मनाउन पोर्चुगलमा आजैदेखी तयारी गर्न थालिएको छ ।

आज नेपाली कन्सुलेट कार्यालय लिस्बनमा बुद्ध जयन्ती मनाउने विषयमा बृहद छलफल भएको छ ।

बुद्धजयन्ती आगामी अप्रिल ३० अर्थात २०७५ बैशाख १७ गते शोभा यात्रा सहित मनाउने तयारी छ ।

पोर्चुगलका लागी नेपाली अबैतनिक महाबाणिज्य दुत मकर हमालको अध्यक्ष्यतामा भएको बैठकबाट मूल समारोह समिति तथा विभिन्न उप समितीहरु गठन गरिएको छ ।

मानार्थ पर्यटनदुत रमेश कुमार गुरुङ्गको संयोजकत्वमा गठन गरिएको मूल समारोह समितिको सह संयोजकमा सिता बराल,शम्भु गौतम, कुबेर कार्की, नरभुपाल राई र अशोक राई रहेका छन् भने सतितिको सदस्य सचिवमा निराजन सुवेदी छन् ।

यसैगरी कार्यक्रमलाई सफल र ब्यबस्थित बनाउन सो अवसरमा छ वटा उपसमितिहरु पनि गठन गरिएका छन् ।

उप समितिहरुमा कार्यक्रम ब्यवस्थापनमा कुबेर काकी,पुजा ब्यवस्थापनमा आंङ्गेल लामा, प्रचार प्रसार मा योगेन्द्र मिलन छन्त्याल, अतिथी निमन्त्रणा तथा ब्यवस्थापनमा पेम्बा शेर्पा तथा आर्थिक ब्यवस्थापनमा शम्भु गौतम संयोजक रहेका छन् । यसैगरी कला संस्कृति तथा भेषभुषा उपसमिति पनि गठन गरिएको जनाइएको छ ।

बुद्ध जयन्तीको प्रभातफेरि Parca de Commercial बाट शुरु भइ मार्तिमुनिजमा आएर विशेष समारोहमा परिणत हुने प्रारम्भिक तयारी रहेको बताइएको छ, यद्यपि यसको निश्चित भने केही समयपछि गरिने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com