भण्डारीको चुनावी अभियानमा एकैदिनमा ६५ हजारको प्रतिवद्धता, तत्काल झण्डै ३ लाखको आवश्यकता


प्रकाशित मिति : बैशाख ४, २०८१ मंगलबार

अमेरिको प्रतिनिधिसभाको लागि प्राइमरी चुनावको दौडमा रहेका नेपाली अमेरिकन ह्यारी भण्डारीको चुनावी अभियानका लागि तत्काल २ लाख ९७ हजार डलरको आवश्यकता रहेको भण्डारीको अभियान टिमले जनाएको छ । चुनावी अभियानमा अगाडि बढ्नका लागि सहयोगका लागि अपिल गरिएको छ ।

आईतवार मेरिल्याण्डमा भएको भेलामा ६५ हजार डलरको प्रतिवद्धता प्राप्त भएको र यसले अभियानलाई थप सशक्त वनाएको भन्दै अभियानका तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ । सबैले हातेमालो गरेर तत्काललाई थप देखिने र सुनिने अभियान तथा भावी पिढीलाई समेत एउटा गर्विलो ईतिहास निर्माण गरेर अमेरिकामा नेपाली अमेरिकीको उपस्थितिको मजवुत आधारशीला निर्माण गर्नुपर्ने यस महाअभियानमा साथ दिन अनुरोध गरिएको छ ।

सहयोगको लागि अपिल गर्दै भनिएको छ – ‘संभवतः नेपाली अमेरिकनलाई देखिने र सुनिने यस्तै प्रकृतिको अभियान हाम्रो जीवन कालमा अवसरको रुपमा नआउन पनि सक्छ । छ जना उमेदवारहरुको वीचमा भईरहेको कडा प्रतिस्पर्धामा खरो रुपमा उत्रिन तथा लाखौ मतदाताहरुको वीचमा हाम्रो योजना लैजान मतदातालाई हाम्रो पक्षमा आकृष्ठ गर्न घर घरमा पठाईने मेलर मार्फत हामीहरुको विगतको सफलता र भविष्यको कार्ययोजना शिक्षा,स्वास्थ्य, आप्रवासन ,विश्वमा भईरहेको द्धन्द्ध लगायतका अनेकन मुद्दामा सहित पठाउनुपर्ने सामाग्रीको लागि थप रकमको जरुरत परेको छ ।’

भण्डारीको चुनावी अभियानमा आर्थिक सहयोगका लागि यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भण्डारीले यस अगाडि अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका भण्डारीको यो दोश्रो कार्यकाल हो । मेरिल्याण्डको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकाको तल्लो सदन प्रतिनिधिसभामा ११ औं कार्यकालका लागि प्रतिनिधित्व गर्दै आएका ७८ बर्षका सांसद डच रुपर्सबर्गरले आगामी कार्यकालका लागि चुनावमा नउठ्ने घोषणा गरेको तीनदिनपछि भण्डारीले उनको स्थानमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । रुपर्सबर्गरले सन् २००३ देखि उक्त क्षेत्रमा चुनाव उठ्दै र जित्दै आएकोमा उनी अब चुनावमा नउठ्ने भएकाले यसक्षेत्रलाई नयाँ उम्मेदवारका लागि अवशरको रुपमा हेरिएको छ ।

भण्डारी आगामी मे १४ मा हुने डेमोक्रेटिक प्राइमरीमा भिड्दैछन् । यदि प्राइमरीमा जितेको खण्डमा डेमोक्रेटिकहरुको बाहुल्य रहेको उक्त क्षेत्रबाट क्यापिटल हिलका लागि भण्डारीको यात्रा लगभग सुनिश्चित हुनेछ । यद्यपी औपचारिक जीतका लागि भने आगामी नोभेम्बरमा हुने चुनावको प्रतिक्षा गर्नुपर्छ । प्राइमरीबाटै बाहिरिएको खण्डमा भण्डारीले नोभेम्बरमा हुने अन्तिम चुनावमा भने लड्न पाउनेछैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com