न्युयोर्क क्षेत्रका नेपालीभाषी व्यवसाय अब एउटै छातामा गोलवद्ध, च्याम्बर अफ कमर्शको शुभारम्भ


प्रकाशित मिति : बैशाख ३, २०८१ सोमबार

न्युयोर्कमा नेपालीभाषी व्यवसायीहरुको संस्था ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्शको औपचारिक उद्घाटन गरिएको छ । मार्चको अन्तिमसाता पहिलो साधारण सभा सम्पन्न गरेको ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्शको शनिबार नेपाली नयाँ बर्षको अवशर पारेर न्युयोर्कको क्वीन्समा रहेको टेरेस अन द पार्कमा आयोजित कार्यक्रममा संस्थाको औपचारिक शुभारम्भ गरिएको हो ।

राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, न्युयोर्क राज्यसंसदमा प्रतिनिधित्व गर्ने सांसद स्टिभेन रागा, क्विन्स बोरो डेपुटी प्रेसिडेन्ट ईबोनि योंग, न्युयोर्क सिटी मेयर अफिसमा साना व्यवसाय सेवका डेपुटि डाइरेक्टर हरिस खान, क्वीन्स काउन्टीको सुप्रिम कोर्टकी न्यायाधिस कासान्द्रा जोनसन लगायतका व्यक्तित्वको उपस्थीति र सहभागितामा संस्थाको उद्घाटन गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमका अतिथिहरुले ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्शको महत्व र आवश्यकताबारे बोल्दै व्यवसाय र व्यवसायीहरुको हितमा काम गर्न संस्थालाई शुभकामना दिएका थिए । न्युयोर्क , न्युजर्सी र कनेक्टिकटराज्यमा व्यवसाय संचालन गर्ने नेपाली भाषीहरु बीच विगत दुई बर्षदेखि आन्तरिक भेटघाट र छलफल पश्चात संस्थाको आवश्वकता महसुस गरी यो संस्था दर्ता गरिएको हो ।

ग्रेटर न्युयोर्क क्षेत्रमा एकहजारभन्दा नेपाली व्यवसायीहरु रहेको अनुमान गरिए पनि अहिलेसम्म संस्थामा ७४ वटा व्यवसायहरु आवद्ध भएका छन् । अन्य व्यवसायहरुलाई पनि संस्थामा आवद्ध हुन ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्शका संस्थापक मध्येका एक प्रदीप श्रेष्ठले आव्हान गरेका छन् । श्रेष्ठले न्युयोर्क, न्युजर्सी र कनेक्टिकट क्षेत्रमा नेपाली व्यवसायी समुदायका लागि चेम्बर अफ कमर्शको महत्त्वलाई जोड दिँदै सदस्यहरूबीचको सहकार्य र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न चेम्बरको आवश्यकतामा जोड दिएका थिए । कार्यक्रममा नेपाली नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रममा मार्च २४ को साधारण सभाबाट निर्वाचित सात सदस्यीय बोर्ड सदस्यहरुको नाम निर्वाचन समितिका आयुक्त कानुन व्यवसायी बासु फुलाराले घोषणा गरेका थिए । जसमा प्रदीप श्रेष्ठ, छेपाक दोर्जे गुरुङ, छिरिंग गुरुङ, डा. सुलोचना गुरुङ, दीपक श्रेष्ठ, नेभिन क्षेत्रि र निश्चल बाँस्कोटा रहेका छन् । आठ सदस्यीय सल्लाहकार समितिमा अमित प्रताप शाह, ग्याल्जेन नुरु शेर्पा , खगेन्द्र जिसी, मनिता गुरुङ, नवराज केसी, पासांग नुरु शेर्पा, समीर महर्जन र उर्गेन शेर्पा रहेका छन् ।

कार्यक्रममा न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने दक्षिण एसियाली मूलकी पहिलो महिला सांसद जेनिफर राजकुमारका तर्फबाट ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्श र कानुन व्यवसायी केशवराज सेडाईलाई सम्मानपत्र प्रदान गरिएको छ । उक्त सम्मानपत्र राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाले हस्तान्तरण गरेका थिए ।

ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्शको सदस्यता लिनका लागि व्यक्तिगत सदस्यता शुल्क १५० डलर, साना व्यवसायका लागि सदस्यता शुल्क २५० डलर, कर्पोरेटका लागि सदस्यता शुल्क २ हजार डलर र आजिवन सदस्यका लागि शुल्क २५ सय डलर रहेको छ । व्यक्तिगत, साना व्यवसाय र कपोर्रेट सदस्यता १२ महिनाका लागि कायम रहनेछ ।

संस्थाको उद्देश्य नेपाल र अमेरिका बीच व्यापार र वाणिज्य प्रवर्द्धन तथा सहजीकरण गर्ने, नेपाली उद्यमी र व्यवसायहरूलाई सहकार्य गर्न प्लेटफर्म प्रदान गर्ने, नेपाली व्यवसायी समुदायको हित र आवश्यकताको वकालत गर्ने, व्यापार वृद्धि र सफलता बृद्धि गर्न स्रोत, जानकारी, र सहयोग प्रदान गर्ने, ज्ञान साझेदारी र सीप विकासलाई बढावा दिन नेटवर्किङ कार्यक्रमहरू, सेमिनारहरू र कार्यशालाहरू आयोजना गर्ने रहेको संस्थको वेवसाइटमा उल्लेख छ ।

सदस्यहरुले नेटवर्किङ, व्यवसाय एड्भोकेसी, व्यवसाय प्रवर्द्धन, सहयोग र शैक्षिक अवसरहरूमा पहुच प्राप्त गर्ने संस्थाले जनाएको छ ।

न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको सदस्यताका लागि योग्य हुन न्यूयोर्क, न्यू जर्सी वा कनेक्टिकटमा दर्ता भएको र सक्रिय रूपमा सञ्चालन भएको व्यवसाय हुनुपर्छ भने व्यवसायी पनि नेपाली भाषी समुदायको हुनुपर्छ। न्युयोर्क क्षेत्रमा नेपाली व्यवसायीहरुलाई गोलवद्ध गराउन यो प्रकारको संस्थाको स्थापना गरिएको यो पहिलोपटक हो ।

सबै तस्वीर: शम्भु तामाङ

थप तस्वीरहरु : 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com