एसियाका ३० बर्षमुनीका ३० जनाको फोब्र्स सुचीको पहिलो नम्बरमा कञ्चन


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

एसियाका ३० बर्षमुनीका ३० जनाको फोब्र्स सुचीमा नेपाली चेली कञ्चन अमात्य पनि सुचीकृत भएकी छिन् । अमेरिका निवासी कञ्चन नेपालमा सस्टेनेबल फिस फार्मिङ इनिसियटिभकी संस्थापक समेत हुन् । ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक स्तरोन्नतीका क्षेत्रमा उनले काम गर्दै आएकी छिन् । फोब्र्सको सुचीमा कञ्चनको नाम पहिलो नम्बरमा छ ।

कञ्चनले यस अगाडि पूर्व राष्ट्रपति बिल क्लिन्टन, नेपाल सरकार र राष्ट्रसंघ लगायतबाट विभिन्न प्रकारको सम्मान र पहिचान पाइसकेकी छिन् । २३ बर्षी कञ्चनले गत बर्ष पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनबाट प्रेसिडेण्डल अनर रोल अवार्ड पाएकी थिइन् । कञ्चन सामाजिक अभियन्ता, महिला अधिकारवादी र वातावरणविदका रुपमा चर्चित छन् ।

कञ्चनसँगै ३० जनाको सुचीमा अर्की नेपाली चेली आयुसी केसी पनि परेकी छिन् । खालिसिसी म्यानेजमेन्टकी संस्थापक केसी नेपालमा शुन्य फोहोर बनाउने अभियानका साथ लागिपरेकी छिन् । पहिले युएएडमा कार्यरत उनी खालिसिसीमार्फत सामाजिक अभियन्ताका रुपमा सकृय बनेकी हुन् । अहिले उनको संस्थाले प्रशोधनपछि पुन प्रयोग गर्न सकिने फोहोर किन्ने र बेच्ने झण्डै १३ हजारबीच समन्वय गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com