प्रचण्डलाई भोट माग्दै ओलीले भने- १०/१५ हजारले नजिते लाज हुन्छ


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेवार एवं माओवादी अध्यक्ष प्रचण्ड कम्तिमा १०/१५ हजार मतान्तरले जित्नु पर्ने बताएका छन् ।

भरतपुरमा आयोजित चुनावी सभामा वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्दै ओलीले विगतलाई बिर्सिन र सानो चित्त नबनाउन आग्रह गरे । उनले भने, ‘१० १५ हजार भोटले पुष्पकमल दाहाल प्रचण्ड नजित्ने हो भने एमालेलाई लाज हुन्छ कि हुँदैन ?

उनले अघि भने, ‘पूर्वप्रधानमन्त्री पुष्पकमललाई म अगि्रम भन्न चाहन्छु, तपाईले जितिसक्नु भएको छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड चितवनको विकासको जिम्मा लिन्छु भनेर आएको भन्दै उनले भोट बताए । ‘अब ठाउँ बनाउने अभिभारा लिन्छु भनेर दुई पटक देश चलाइसक्नु भएका प्रचण्ड आउनु भएको छ’ प्रचण्ड र आफ्नो तर्फबाट प्रतिवद्धता जनाउँछु भन्दै उनले भने, ‘अब चितवनको विकास भयो भयो, अब कसैले रोक्न सक्दैन ।’

यो चुनावपछि वाम गठबन्धनको सरकार बन्ने र ग्रेटर चितवन बनाउने उनले बताए ।

कांग्रेसको समर्थन पाएका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेप्रति लक्षित गर्दै ओलीले भने, ‘एउटा बाटोको ठेक्का लिएर डोजर चलाएइको जस्तो हो देश चलाउने कुरा ?’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com