“आगामी पुस्तक ‘मोमेन्टस विथ मेसी’ चार भाषामा प्रकाशित गर्दैछु” – किरण मरहठ्ठा


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

किरण मरहठ्ठा, संचारकर्मी

नेपालको प्रशारण पत्रकारितामा राम्रो छवि निर्माण गरेका किरण मरहठ्ठाले द होप नामक पुस्तक बजारमा ल्याएका छन् । विख्यात फुटबलर लियोनेल मेसीको बारेमा डकुमेन्ट्री निर्माण गरी थप चर्चा बटुलेका मरहठ्ठाको यो पहिलो पुस्तक हो । प्रस्तुत छ ,विगत केही समयदेखि न्यूयोर्कमा पत्रकारिता गर्दै आउनुभएका मरहठ्ठाको पुस्तकबारे खसोखासले गरेको विशेष कुराकानी ।

पत्रकारिताबाट पुस्तक लेखनतर्फ के कुराले आकर्षित गर्यो ?

पत्रकारिता पनि लेखन नै हो तर त्यहाँ तपाइ आफु चाहे जति पोखिन पाउनु हुन्न । पत्रकारिताको दौरान समाजका धेरै संगति विसंगतिसंग परिचित हुने मौका मिल्यो । सगरमाथा जस्तै अटल आस्थाको उचाई ठानिएका पात्रहरुको रसालत यात्रा पनि देखियो, आफ्नै घरको आगन नाप्ने क्षमता अभाव भएकाहरुको गगनभेदि यात्राहरु पनि देखियो । निश्चित अर्थराजनीतिपद्धतीको उत्थान र अवसान पनि नजीकबाट नियाल्ने मौका पाएँ । हामी यो पृथ्वीको एउटा यस्तो देशको पत्रकार भयौँ जहाँ उपचार खर्च अभाबले सपरिवार आत्महत्या गर्नु जनताको स्थिीति तर नेता भने रुघाखोकीको उपचारमा पनि एअरएम्बुलेसमा विदेश उपचारमा निस्कने । राजनीतिको आडमा यास्तो व्यभिचार देख्दा जो कोहि नेपालीको मन शान्त रहन सक्दैन । विशेष गरि युवापुस्तामा यी तमाम कारणले ठुलो निराशा छ । यो अवस्थामा मैले आजको नेपालको बास्तविक कथा कोर्ने जमर्को गरेको हुँ ।

द होप कस्तो किताब हो ?

द होप संघर्ष र सफलताको कथा हो । नेपालको अर्थराजनीतिक, सांकृतिक समाजीक र पत्रकारितामा संलग्न प्रख्यात व्यक्तित्वहरुको विचारहरु यो पुस्तकमा समेटिएको छ । जीवा लामीछाने, उपेन्द्र महतो जस्ता समाजसेवी देखि डा.यूवराज खतिवडा जस्ता अर्थविद्धको विचारहरु छन् । त्यस्तै डा.शशांक कोइराला, पोश्टबहादुर बोगटी, गोकर्ण बिष्ट, उपेन्द्र यादव जस्ता नेपाली राजनीतिका खेलाडीहरु र रविन्द्र मिश्र र किरण क्षेत्री जस्ता पत्रकारहरुसंग वर्तमान पत्रकारिताको विविध पाटाहरुमा विश्लेषण गरि लेखिएको पुस्तक हो । तसर्थ यो पुस्तक पत्रकारिताका विद्यार्थीको लागी फिचर लेखन र अन्तर्वाताशैली निर्माणमा बहुउपयोगी पनि छ । सतहमा देखिएका तमाम निराशाका विच, कालो बादलमा चादिँको घेरा भने जस्तै आशाहरुलाइ जिवीत राख्न सकिने निश्कर्ष मैले निकालेको छु । यो बहुआयामिक व्य िक्तत्वहरुको विचार संग्रह हो ।

एउटा सफल पत्रकारलाई पाठकले लेखकको रुपमा कत्तिको स्वीकारेको पाउनुभयो ?

धेरै राम्रो रेस्पोन्स । पुस्तक प्रकाशनको करिब एक महिनाको समिक्षा र प्रतिकृया हेर्ने भने म खुसी हुनुपर्ने धेरै आधारहरु छन् । मलाइ आफ्नो पहिलो प्रयास हुनाले कस्तो हुने हो भन्ने खुल्दुली थियो तर अहिले आनन्द लागीरहेछ । अमेरिका, नेपाल, अष्टेलिया, यूरोप र मिडिलइष्टबाट धेरै राम्रो प्रतिकृया पाएँ । यसैको फलस्वरुप एक महिनामै पुस्तकको पहिलो संस्करण बिक्रि भैसक्यो । दोस्रो संस्करणको यहि जुलाइमा आउदै छ । यो सबै मेरो पाठकको मायाले सम्भव भएको हो ।

तपाइले अमेरिकामा विमोचन र विक्री वितरण पनि गर्नुभयो, प्रवासमा नेपाली किताबको बजार कस्तो छ ?

अमेरिका वा अन्यदेश, विदेशमा नेपाली किताबको बजार अहिले धेरै विस्तार भएको छ । अनलाइन विक्रेताको कारणले अव किताबमा हरेक भूगोतका मानिसको पहुँच सम्भव भएको छ । गैरआवासिय नेपाली अभियान मार्फत हामी गोलबद्ध हुदै जानु र विभिन्न सामाजीक संस्थाहरुको साहिल्य प्रवर्धनात्मक कार्यक्रमहरु विदेशमा बढ्दै गएको छ । यो पनि एक सुखद कुरो हो । नेपाली मिडियाको प्रवासमा भएको विस्तारका कारण पुस्तकको बारेमा आमपाठकले सहजै जानकारि पाउँछन् आजकल तसर्थे, डायस्पोरामा नेपाली किताबप्रति आकर्षण बढ्दो छ । तर हामीले अब विदेशीले पनि पढ्ने गरि लेख्न सक्नुपर्छ ।

नयाँ किताब पनि लेख्दै हुनुहुन्छ ?

लेखन मेरो पेशा होइन तर पत्रकारिताको विद्यार्थीको नाताले पुस्तक प्रकाशनमा रुचि हुनु सामान्य नै हो । द होपले मलाइ वास्तबमै उत्साहित बनाएको छ । अहिले “मोमेन्टस विथ मेसी” नामक पुस्तक लेखनमा व्यस्त छु, छिटै नै सार्वजनिक हुनेछ । यो मेरो ड्मि प्रोजेक्ट पनि हो । स्पेन र अमेरिकामा लियोनेल मेसिसंग मैले विताएको क्षणहरु र बार्सीलोना क्लवको डकुमेन्टि निर्माण गर्दाको रोचक अनुभवहरु यसमा समाबेश हुनेछन् । यो किताब अंग्रेजी, स्पेनिस, पोर्चुगीज र नेपाली गरि ४ भाषामा हुनेछ । सेप्टेम्बरमा प्रकाशनको लक्ष्य छ ।

पत्रकारिता र पुस्तक लेखनको अलावा लियोनेल मेसी सम्बन्धी डकुमेन्ट्री पनि निर्माण गर्नु भयो, त्यसको प्रतिकृया कस्तो छ ?

यो सबै रुचि र लगनमा भरपर्ने कुराहरु रहेछ्न् म एउटा काम गरिरहँदा अन्य अवसर पनि ट्राइ गर्न डराउनु हुन्न भन्ने मान्यता राख्छु । लियोनेल मेसीको वृतचित्र मेरो जीवनको ठुलो सपना थियो र मेरै कडा मेहनत र लगनले सम्भव भयो । त्यो एक दुर्लभ अवसर थियो । वृतचित्र निर्माणकैक्रममा होस् या प्रर्दशनमा आएपछि, मैले धेरै अद्भुत प्रतिकृयाहरु पाएँ । मानिसहरुले मलाइ र मेरो कामलाइ ठुलो इज्जत दिएको मैले महसुस गरेँ । यो डकुमेन्ट्रि विश्वका विभिन्न फिल्म फेस्टिभलहरुमा सहभागी भैरहेको छ ।

तपाई चाहिँ कस्तो किताब बढि पढ्नु हुन्छ ?

म मुख्य गरि अन्तराष्टिय अर्थराजनीति, इतिहास, बायोग्राफी र साहित्यका किताबहरु धेरै पढ्ने गर्दछु । ड्र्मि फ्रम माइ फादर, लियोनेल मेसि र स्टिल रिडिगं एसआरके, द काइट रनर मेरो फेवरेट बुकहरु हुन् ।

रुची बढाउने केही टिप्स दिनुहुन्छ कि ?

त्यस्तो विशेष केहि त मलाइ थाहा छैन तर बानि बसाल्नको लागी तपाइको जीवनका जे कुरामा बढि रुचि छ र तपाइ जे बन्न चाहनुहुन्छ त्यसै विषयका किताबहरु पढ्ने गर्नुहोस, बानि चाहिँ बस्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com