नसुनिएका आवाज - Page 18 of 18 - KHASOKHAS

नसुनिएका आवाज

गाेठ भत्किएपछि ओडारमा

वसन्तप्रताप सिंह बझाङ । छाउपडी बार्नुहुँदैन भनेर सिकाउन हिँडेकी मेलबिसौना स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी  (अनमी) अनिताकुमारी सिंह आफैँ महिनावारी हुँदा गाउँभन्दा दुई किलोमिटर टाढा जङ्गलमा रहेको छाउपडी गोठमा बस्नुप-यो ।  घटना मेलबिसौना गाविस– २ लोकण्ड गाउँमा भएको हो । गाविसका अन्य वडाबाट एक दिनको पैदल दूरीमा पुगिने यो गाउँ जिल्लाको उत्तरी क्षेत्रमा पर्दछ । गाउँमा महिनावारी हुँदा …

राउटे महिला

राउटे जातिको जीवन जटिल सङ्क्रमणबाट गुज्रिरहेको छ । यो जातिका महिलाको अवस्था झनै दयनीय छ । दोसाँधमा रहेको यो मानव जातिको अस्तित्वरक्षाका लागि राज्यले सोच्न ढिला भइसकेको छ । प्रकाश अधिकारी गोर्पी शाही ७५ वर्षीया राउटे एकल महिला हुन् । आठ छोरी र दुई छोराकी आमा गोर्पीको जति दुःख सायदै अरू राउटेले भोग्नुपरेको छ । …

दाइजो छल्न बालविवाह

ठूलो भएर विवाह गर्दा दाइजो धेरै चाहिने र पढेलेखेका छोराछोरी बिग्रन्छन् भनेर पूर्वीतराईका विशेषतः दलित समुदायका अभिभावक सानै उमेरमा आफ्ना सन्तानको विवाह गरिदिन रुचाउँछन् ।  विराट अनुपम सुनसरी । सुनसरीको दुहबिभलुवा नगरपालिकाको श्री निम्न माविमा २६ साउन ०७३ बाट नाट्य कार्यशाला सुरु भयो । मधेसी दलित बाहुल्य बस्ती रहेको नगरपालिकाको १२, १३ र १४ …

सफल महिलाको असफल जीवन कहानी

निर्मला ठकुराठी /    एकजना ९० वर्षीया बृद्धाको अवस्थाले उनलाई बृद्धाआश्रम खोल्ने प्रेरणा दियो । अहिले उनी  ७० जना बृद्धबृद्धा हिंसापीडित महिला र बालबालिकाकी पनि आमा बनेकी छन् । उनी आफैँ हिंसा पीडित हुन् । त्यसैले आफूले भोगेको दुःख अरु महिलाले नपाउन भनेर दिनरात बृद्धबृद्धाको सेवामा समर्पित छन्, सुदूरपश्चिम कञ्चनपुरकी शारदा चन्द । ‘एकदिन सुनें …

परिचय नभएका कृषक महिला

कृषक महिलाको सङ्ख्या बढ्दो छ । १० वर्षअघि मुख्य कृषकमध्ये आठ प्रतिशत महिला थिए भने अहिले यो सङ्ख्या १९ प्रतिशत पुगेको छ । तर, कृषक परिचयपत्र भने उनीहरूको नाममा छैन । लक्ष्मी बस्नेत ललितपुर । टीकाथलीमा एक दशकदेखि तरकारी खेती गर्दै आएकी सपना कार्कीले किसानलाई राज्यले परिचयपत्र दिन्छ भन्ने सुनेकी छिन् । तर, आफूले पाउने–नपाउने …

जारी प्रथा :समाजभित्रै किनबेच हुन्छन् महिला

प्रतिमा सिलवाल दाम्पत्य जीवन सुखी भएन भने तपाईं के गर्नुहुन्छ ? तपाईंको जवाफ होला – श्रीमान श्रीमती सँगै बस्न नसक्ने भएपछि औपचारिक रुपमा सम्बन्ध विच्छेद गरिन्छ । तर, नेपालमै यस्ता ठाउँ छन् महिलाले श्रीमान सँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुट्टिनुपर्छ । त्यहाँ न त विवाह दर्ताको औपचारिक प्रकृया छ न त सम्बन्धविच्छेद । बरु, …

किन बदनाम भयो नारीवाद ?

बबिता बस्नेत/ अतिवादी फेमिनिस्टहरू महिला र पुरुषबीचको द्वन्द्व सेक्सको हो जुन पुरुषको शक्तिमा आधारित छ भन्छन् । उनीहरू पुरुषको अत्याचारको विरोध गर्छन् र महिला र पुरुष एक–अर्काका शत्रु हुन् भन्छन् । पेरिसमा भएको ब्रा बर्निङ आन्दोलन अतिवादी नारीवादीहरूले नै गरेका थिए । नारीवाद बद्नाम हुनुमा -याडिकल फेमिनिस्टहरूकै भूमिका महत्वपूर्ण छ । हिजोआज कतिपयले भन्ने गरेको …

संविधानमा तेस्रो लिङ्गीको अधिकारको व्यवस्था त छ तर अब कानुन बन्नुपर्छ

पिंकी गुरुङ, अध्यक्ष, ब्लू डाइमण्ड सोसाइटी यौनिक अल्पसंख्यक तेश्रो लिंगीहरुका लागि कृयाशिल ब्लू डाइमण्ड सोसाइटीबाट विभिन्न खाले सेवा लिएका तेश्रो लिंगीहरुको संख्या नेपालमा ७ देखि ८ लाख छ । तर, विलियम संस्थाले गरेको अनुसन्धानमा भने करिव नेपालमा ९ लाखको हाराहारीमा तेश्रो लिंगी समुदाय रहेको तथ्यांक छ । ब्लु डाइमण्ड सोसाईटीले नयाँ काम के गर्दै छ …

WP Facebook Auto Publish Powered By : XYZScripts.com