गैरजिम्मेवार सरकार भन्दै नेता रावल बैठकमा कड्कीए !


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन् ।

नेता रावलले आयोजना विकास सम्झौता अनुसार भारतीय कम्पनी जिएमआरले सो आयोजनाको काम अघि नबढाउँदा पनि कुनै कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना समते गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले जिएमआर कम्पनीले सो आयोजनाको काम अघि बढाउन ठेक्का पाएपनि सो सम्झौता अनुसार काम गराउने काममा सरकार गैरजिम्मेवार भएको आरोप पनि लगाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आएका बेला सो सम्झौता अघि बढाउन प्रतिवद्धता जनाएको भएपनि त्यसलाई अघि बढाउन नसकेकोमा नेता रावलको आपत्ति छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेता रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने सम्झौंता गरिएको ६८ महिना १५ दिन वित्दा पनि सो सम्झौंतामा उल्लेख गरिएको सर्त अनुसार जिएमआर कम्पनीले काम अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न पनि सरकारसँग माग गरेका छन् ।

९ सय मेघावाट क्षमताको सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन जिएमआर कम्पनीसँग २०७१ साल असोज ३ गते गरिएको सम्झौंता कार्यान्वयनमा नआएपछि सत्तारुढ नेकपाका नेता रावलले असन्तुष्टि जनाएका हुन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com