पूर्व अमेरिकी सेनाको नागरिकता खारेज गरिदै, के भन्छ डिपार्टमेन्ट अफ जस्टिस?


प्रकाशित मिति : मंसिर २३, २०८२ मंगलबार

text

फोटो: ग्लोबल रेसिडेन्स इन्डेक्स

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले एकजना पूर्व अमेरिकी सेनाको नागरिकता खारेज गर्ने भएको छ । घानाका निकोलस एशुन सन् २०११ मा अमेरिकामा बसाइँ सरेका थिए र अमेरिकी मरीन कोरमा भर्ना भएका थिए। सैन्य सेवामा भर्ना भएकाहरूका लागि अमेरिकी नागरिकता प्रक्रियालाई द्रुत बनाउने प्रावधान प्रयोग गरेर उनी सन् २०१३ मा अमेरिकी नागरिक बनेका थिए।

सेनामा नै कार्यरत रहेको बेलामा दुई वर्षपछि उनले अनलाइनमा आफूलाई बालिका बताउनेसँग च्याट गरेका थिए भने अनुपयुक्त र अश्लील सन्देश पठाएका थिए । तर त्यो प्रोफाइल वास्तवमा बालिकाको भने थिएन । बरु ती व्यक्ति मरिनकै आपराधिक अनुसन्धान सेवाका एक गुप्तचर अधिकारी थिए। उनले बालिकाको प्रोफाइल बनाएर एशुनसँग च्याट गरेका थिए ।

यो घटनापछि अनुपयुक्त र अश्लील सन्देश आदानप्रदान गरेको र यौन दुर्व्यवहार गर्ने प्रयास गरेको आरोपमा एशुनलाई पक्राउ गरिएको थियो। उनी कोर्ट मार्शल गरिए र आफ्नो अपराधका लागि दोषी ठहरिएका थिए ।

मे २०१६ मा उनलाई मरिनबाट सेवामुक्त गरियो। उनले आफ्नो अमेरिकी नागरिकता कायम राख्नको लागि न्यूनतम पाँच वर्षको सेवा आवश्यकता पूरा गर्न नसकेकाले उनी अध्यागमन र राष्ट्रियता ऐनको एक प्रावधान अन्तर्गत नागरिकता खारेजको अधीनमा भए। यो प्रावधान सैन्य सेवा मार्फत नागरिकता प्राप्त गर्ने तर कम्तीमा पाँच वर्षसम्म सम्मानजनक रूपमा सेवा नगरी सेवामुक्त हुने सैनिकहरूमा लागू हुन्छ। त्यसैले अहिले डिपार्टमेन्ट अफ जस्टिसले उनको अमेरिकी नागरिकता खारेज गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अमेरिकी सेनाको मर्यादालाई धोका दिएको र राष्ट्रको विश्वासको दुरुपयोग गरेको आरोव लगाइएको छ । किनभने उनले बालिका भन्ने विश्वास गरेको व्यक्तिलाई निशाना बनाएका थिए । आफूहरुले अमेरिकी जनताको रक्षा गर्न र नागरिकता अपराधीहरूका लागि ढाल नबनोस् जसले सुरुदेखि नै यसको हकदार थिएनन् भन्ने सुनिश्चित गर्न हरेक कानूनी उपकरण प्रयोग गरिरहेको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com