पहिला आफैले गरेको मनोरन्जनलाई पछि हिंसा नभनौं

– शारदा शर्मा

लाग्यो मि टु मा म पनि किन नहुने । मेरी गाउकी भाउजुको फेसबुक प्रोफाइमा समेत मि टु भन्ने राखेको देखेर एकदिन बेलुकी खाना खाइवरी फोन गरे । भाउजु तिमीले पनि मि टु राखेकी छौ नी फेसबुकमा ।

केहो बुझेकी छौकी त्यसै राखेउ ? उनी खुसीले फुरुंग हुदै भनिन किन नराख्नु आजकलत योत फेसन नै छ नी नानी । तपाइलाई काठमाडौंमै भएर पनि केही थाहा छैन की क्या हो ? उनको कुराले मलाई अचम्म लाग्यो । के बुझेर राखेकी होलीन उनले मी टु भनेर । केही नवुझीकन मि टु राखेपछि केही जान्ने सुन्ने हौ भन्ने गाउमै मास्टरी गरेका मेरा दाइले भाउजुलाई अलि फरक तरिकाले हेर्न थालेछन ।

फेरि एकदिन भाउजु आफैले फोन गरेर सुनाइन मैले मि टु राखेपछित दाइ अलि फेरिएका छन् नानी । अचानक आँखा तर्दै मिटु फाल्न लगाए । अहिले पनि पहिला जस्तो फ्रेस छैनन । मलाई पनि मिटु भन्ने त्यती थाहा थिएन पछि टेलिभिजन पत्रपत्रिका हेरेरै थाहा पाए । तर बुझ्न सकिन खै किन हो हरेक कुराको विश्वव्यापी हुइम नै चल्छ आजकल ।

प्रविधीले निकै साघुरिएको बिस्वमा सम्वन्ध बनाउनेहरुले कहिले सडक कहिले रेष्टुरेन्ट कहिले घर र अनेक कुना कुना पनि तताएकै छन । मिटु मिटु भनेर लाग्दा मलाई त्यति राम्रो ज्ञान पनि भएन । पहिला जे पनि गर्ने यौटा अवधि पुरा भए पछि मि टु भनेर बाहिर आउने ।

यो अधिकार भित्र पर्छ स्वतन्त्रताभित्र पर्छ आचरण या अनुशासन भित्र पर्छ थाहानै भएन । खै किनहो समाजमा महिलाहरु पछि परेका कारणहरु पनि यहि हुनकी जस्तो लाग्यो । एकजना महिलाले चाहे जे पनि गर्न सक्छे । तर समयको अनुकुलता र प्रतिकुलतालाई हेरेर जव ब्याख्या गर्न थालिन्छ कुन कुरालाई साचो मान्ने कुन कुरालाई झुटो ।

सहमतिमा गरे प्यार त्यसैमा असमति भयो ब्यभिचार । पुरुषलाई मात्र ब्यभिचारी देख्ने समाजमा त्यसको अर्को पाटो महिला नै हो भन्न तयार छैन । महिलालाई मात्र चरित्रहिन देख्ने समाजमा त्यसको अर्को पाटो पुरुष हो भन्न तयारनै छैन । पुरुष र महिला मिलेर बनेको समाजमा यहानेर आउदानै ब्याख्यामा समस्या छ बिष्लेषणमा समस्या छ ।

त्यसैले मैले देखिनै उठाउदै आएको कुरा पनि यही हो महिलाहरु कुनै पनि हालतमा कमजोर छैनन । कमजोर छ त हाम्रो सोच ,कमजोर छ त हाम्रो मानसिकता । हरेक राम्रा र नराम्रा पक्षहरुलाई मान्छेका कमि कमिजोरी भनेर ब्याख्या गरिन थालियो भने त्यहां समस्याको समाधान    छ ।

पुरुष र महिला भनेर ब्याख्या हुन थाल्यो भने त्यसको कुनै निकासनै छैन । राम्रो सबैलाई राम्रो हुन्छ र नराम्रो सबैलाई नराम्रो तर यहां राम्रो र नराम्रोको ब्याख्यामा पनि महिला पुरुष भनेर छुट्टाउने गरिन्छ । हामी महिलाहरुको बिषयमा भएको पनि यही हो । अहिले चलेको मिटु अभियानमा पहिला हिंसामा परेकाहरु पनि अगाडि आउ भनेर भनिरहंदा बिसौ बर्ष अगाडी आफ्नो क्यारियर बनाउन शहर पसेकी यौटी सक्षम केटी कसैको हिंसामा पर्छे त्यतिखेर बिरोध नगर्ने । बिरोध गरे क्यारियर खराव हुने काम नपाउने । यस्तै काम नगरी कहा अगाडि बढ्न सकिन्छ र भनेर हरेक हिंसा सहन भन्दा पनि सहमतिमै स्वीकार्न तयार हुने जव समयले हरेक कुराहरुको तय गर्छ पाउने कुरा प्राप्त भैसकेको हुन्छ पैसा सम्पत्ती सबै हातमा हुन्छ या यौटा उमेरले पाको बनाइसकेको हुन्छ अनि हिंसामा परेको भन्न सुहाउछर भन्या ?

हुनत बिसौ बर्ष अगाडिका यस्तै घटनाहरुमा मान्छेहरुलाई जेल भएका घटनाहरु पनि हामीले सुनेका छौ । किन आज बिरोध ठाउको ठाउ गरौ भन्ने अभियान नभएर म पनि भनेर अभियान चलाउने ? यो कहाको न्यायसंगत कुराहो र भन्या यसले त हामी महिलाहरुलाई झनै कमजोर बनाउदैन र ? आफ्नो स्वार्थ नमिल्ने समयसम्म मायाको नाममा सम्वन्धको नाममा परपुरुषहरुको संगत गर्न समेत पछि नपर्ने अनि आफ्नो स्वार्थ पुरा भैसके पछि या स्वार्थ पुरा हुने नदेखे पछि हिंसा गर्यो भन्न सुहाउछर ?

यदी हामीले हिंसा हुनै नदिंदा कसो होला । मान्छेले आफ्नो बिषयमा कसरी हेरेको छ भन्नेमा आजका नारीहरु सक्षमनै छन नभएकालाई हुने अभियान संचालन गरौं । समस्यात हिंसा भनेर नबुझेकै समयमा जस्तै कामगर्न घरमा राखेकी सानी नानी हिंसामा परिन । उमेर भरिंदै जादा उनले आफुमाथि भएको हिंसा थाहापाइन भने त्यसलाई समाधान गर्नको लागि कानुनी रुपमा जानु र त्यस्तो परिवेशबाट गुज्रेकाहरुले अभियाननै चलाउन पनि मिल्छ ।

तर बुझने सिक्षित र आफुलाई सक्षम छु भनेर कुनै संस्थामा जागिर खान जाने अनि आफ्नो मन लागेसम्म उस्को परिवार घर श्रीमती छोराछोरी छ छैन या सिगल हो कुनै मतलव नगरीकन आफ्नो फाइदा उठाउन खोज्ने अनि रिस उठेपछि हिंसा ? मनोरन्जन लिएर त्यसलाई हिंसा नभनौ न । हिंसा सहनै नसक्ने शब्द हो । कसैलाई पनि हिंसा कुनै प्रकारले पनि सहिय हुनैसक्दैन ।

हिंसा बढेर अपराध बन्नथाल्छ । छल ,कपट हिंसा र अपराधले मानिसलाई बिसर्जन बाहेक केही गर्नै सक्दैन । त्यसैले जागिर पाउनकै लागि हिंसा, पढ्नको लागि नै हिंसा कुनै काम गर्न सुरुवातमै हिंसा हुन्छ भने छोडौं त्यस्तो परिवेस र डटेर लडौ त्यस्ता मान्छेहरुको बिरुद्धमा जस्ले हामीलाई हिंसा गरेर मात्र आफ्नो काममा राख्न चाहान्छन जहा हिंसा त्यहा प्रतिरोध भन्ने अभियान किन नचलाउने ? ।

यहा हरेक मान्छेहरुको कामको खाचो छ क्षमतावान सबैको खाचो छ । क्षमता र काम गर्नेहरुलाई हिंसा सहन जरुरी पनि छैन । रातारात पैसा कमाएर अरुले जस्तो जीवन बांच्नकै लागि गरिने काम र सहने कुरालाई हिंसामा लिन थालियो भने त्यो त पक्कै स्वार्थ हुन्छ । कसैले फिलिम खेलाइ दिन्छु भन्यो भने उसले गरेका सबै कुरा सहन तयार हुने अनि पुरा गरेन भने त्यसलाई हिंसा भन्ने । कसैले जागिर लगाइदिन्छु भन्ला कसैले तलब बढाइदिन्छु भन्ला कसैले बिदेश घुमाउन लैजान्छु भन्ला । पहिले केही पनि नसोची सहमति जनाउने पछि त्यसलाई हिंसा भन्नत हामीले पनि लाज मान्नु पर्छ ।

बिरोधत त्यतिबेलै गरौं न जव हामीलाई हिंसा भएको हामीले थाहा पायौं । हिंसाका अनेक रुप हुन्छन । बोली चाली ब्यवहार बाटनै हिंसा भन्ने बुझ्न जरुरी छ । करिब २०/२२ बर्ष अगाडिको कुरा हो । म एकजना एनजिओ चलाउने आफुलाई निकै भद्र भन्ने पाको मान्छेकोमा जागिरको लागि कुरा गर्न गए हाम्रो बिहे भैसकेको थियो । त्यहा गएर उनको अफिसमा बसेपछि उनले अनगिन्ति कुरा गरे । हसिलो मान्छे थिए उनि भोली बाट मेरो जागिर पक्का हुने पनि भयो ।

तर जव अन्तिममा उनले मत हासी मजाक गर्ने मान्छे मे रात दुइ श्रीमती छन नी भनेर दुइ श्रीमती भएकोमा निकै गर्व देखाए । त्यसपछि म उनकोमा जागिरमै गइन । मैले बेलुकी घर फर्केर श्रीमानलाई भने । कुनै प्रसंग बिनानै जव उनले दुइ श्रीमतीको कुरा ल्याए मलाई हजम भएन । मलाई उनका कति श्रीमती छन जान्न जरुरी नै थिएन । मलाई जागिर जरुरी थियो जब मैले उनका कुरा सुनें उनको टोनमा मैले आज प्रयोग हुने शब्द हिंसा देखेंहुला मलाई त्यहा जागिरको लागि जानै मन लागेन । त्यसैले चेतना भन्ने कुरा आफु भित्रको कुरा हो ।

मलाई उनले केही भनेका थिएनन तर मलाई उनको कुरा राम्रो लागेन । जागिरकै लागि यौटा संस्थामा जादा उसको इमान हेर्न जरुरी छ तर उसको छाडापन थाहापाइराख्न र सहन हामीलाई जरुरी पनि त छैन । त्यसैले आफु सचेत बन्दा हिंसा रोकिन्छन र आफुले चाल्ने कदम बाट हिंसा बढन पनि सक्छ । मिलेर गर्ने समयसम्म अमिल्दा कुराहरुलाई पनि माया सम्बन्ध भन्ने र नमिल्दा र रिस उठ्दा हिंसा भन्न थालियो भने हामी प्रतिको बिस्वास पनि कम हुदै जान्छ ।

त्यसैले जब हामी सबै एक भएर हरेक ठाउबाट हामीमाथि हुने हिंसाको बिरोध आजैबाट ठाउको ठाउगर्न थाल्छौ पक्कै पनि यसको अन्त हुनेछ हिंसाको अन्त्य गर्नको लागि पुरुष महिला दुबै बराबर लाग्न सक्छौ यदी हामी र हाम्रो प्रवृति हिंसक छैन भने । होइन भने त स्वार्थ मिस्रित मिटु अभियानले खासै केही हुने वाला पनि त छैन ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com