आफैलाई सोध्नै पर्ने प्रश्न ?


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

हामी जिवनमा नयाँ काम गर्ने सोच बनाउँछौँ तर, त्यो काम किन गर्दैछौ भन्ने कुरा आफैलाई प्रष्टसँग सोध्यैनौँ, अनि परिणाम गलत निस्कन्छ । परिणाम गलत निस्कियो भने सजिलै दोस भाग्यलाई दिन्छौँ र भाग्छौँ ।

काम सुरु गर्नुपूर्व आफूलाई सोध्नै पर्ने पहिलो प्रश्न, म यो काम किन गर्दैछु ?

यदि तपाई आफूसँग यो प्रश्नको जवाफ खोज्नु भयो भने मान्नुस्, कल्पना गरेभन्दा बढी जिवन हराभरा हुनेछ ।

मानौँ : तपाई ब्यापार गर्दै हुनुहुन्छ । ब्यापार यस्तै मन लागेर गर्दै हुनुहुन्छ वा धेरै पैसा कमाउने उदेश्यले ? यसमा तपाई प्रष्ट हुनैपर्छ ।

यत्तिकै मन लागेर हो भने, यस्तो काम पटकै गर्नु हुँदैन् । काम किन ? के का लागि ? गर्दैछु भन्ने कुरा तपाईको दिमागमा किलियर हुनुपर्छ । तब तपाईको बाटो प्रष्ट हुन्छ | सफलता प्राप्त गर्नबाट कसैले रोक्न सक्दैन ।

कुनै पनि काम गर्नपूर्व यो प्रश्न आफैलाई, पटक पटक सोध्नुहोस् , यो काम म किन गर्दैछु ?

कहिले काहीँ किनको जवाफ भेट्याउन गाह्रो हुन्छ । त्यसमा सजिलो तरिका छ ? मैले काम किन नगर्ने ? मैले मान्छे किन नभेट्ने यस्तै यस्तै । त्यसपछि तपाईलाई जवाफा मिल्नेछ ।

जिन्दगीमा सबैभन्दा आनन्द तब आउँछ, जब हामी नयाँ नयाँ कुराको अभ्यास गर्दछौँ । नयाँ काम गर्ने कोशीश गर्दछौँ । त्यसबाट नयाँ अनुभब मिल्छ । अनुभवले काम अगाडि बढाउन सजिलो हुन्छ ।

म जिन्दगीमा नयाँ किन गर्न सक्दैन ? यो अरुलाई होइन पहिला आफैलाई सोध्ने प्रश्न हो । आफैले आफैलाई चिन्नुहोस् ।
हाम्रो कुरा मान्नु हुन्छ भने समाजमा तपाई भन्दा कम क्षमता भएका मानिसले धेरै सफलता हाँसिल गरेका छन् । तपाई उनीहरुभन्दा अझ धेरै गर्न सक्नुहुन्छ , त्यसको लागि आफूलाई अरुभन्दा कुनै पनि हालतमा कम आँक्नु हुँदैन । तपाईको क्षमता तपाई कति मेहनत गर्नुहुन्छ त्यसमा पनि भरपर्दछ ।

नयाँ काम गर्ने सोच्नु भएको छ भने भोलिको लागि किन ? अहिले किन नाई ? आफूले सोचेको हरेक सपना पुरा गर्न तपाई कस्को प्रतिक्षा गर्नु हुन्छ ? प्रतिक्षा गर्नु हुँदैन । यहाँ तपाईलाई सहयोग गर्नेभन्द बढी खुट्टा तान्नेको भिड छ ।

जिवनमा कहिल्यै पनि  प्रफेक्ट समय मिल्दैन , केही न  केही हुन्छ र भैरहन्छ । जब तपाई काम गर्ने राम्रो समयको पर्खाइमा बस्नु हुन्छ, सोच्नुस् तपाईको सपना विस्तारै तुइदै जान्छन् र तपाई आफै त्याग्न बाध्य हुनुहुन्छ । किन कि तपाईले सोचेको प्रफेक्ट समय कहिल्यै आउँदैन ।  उमेर अहिलेभन्दा अब कहिल्यै कम हुने छैन् बढ्दै जानेछ । तब सपना मनमै चिहान बन्दै जानेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com