हड्डीको योजनाले भौतिक संरचना राम्रो बन्दैन, इन्जिनियरिङको ब्यूटिनेस बुझौँ !


प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार

इन्जिनियर तथा व्यावसायी दिपक पराजुली  /

प्रकृति सुन्दरता आफ्नो ठाउँमा छदैछ ।, तर झ्ट हेर्दा, देशको मुहार चट् देखाउने भौतिक पूर्वाधार पनि हो । बनेका र बनाउँदै गरेका संरचनाको सुन्दर समायोजन पनि हो ।

एउटा सानो उदाहरण, वा तपाईले पनि अनुभव गर्नु भएको होला, विदेश घुम्न जाँदा हाम्रो मन र आँखा लोभ्याउने भनेको त्यहाँको भौतिक संरचनानै हो । मिलेको बाटो, व्यबस्थित शहर र सुन्दर भवनहरु । जहाँ गएपछि मानिसको दिमागमा पर्ने पहिलो प्रभाव भनेकै भौतिक संरचना हो । आन्तिरक कुरा त पछि मात्र थाहा हुन्छ । त्यसको लागि अध्यायन गर्नु पर्यो ।

अगाडिको मानिस कति स्माट छ भन्ने कुरा एकै नजरमा बुझ्न सकिन्छ । उसको अनुहार र उसको पोशाकले बोल्छ । जसले धेरैलाई लोभ्याउँछ । ऊ कति क्षमतावान छ, उसको आन्तिरिक रुप के हो ? उसलाई निकै नहुने रोग पो लागेको छ कि ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उसको मनमा कसैले कल्पना नगरेको राम्रो योजना पो छ कि ? झ्ट हेर्दा थाहा पाइँदैन । त्यसको लागि ऊ सँग संगत गर्नु पर्यो वा उसको बारेमा अध्यायन गर्नु पर्यो । यो भनेको दोस्रो पाटो हो । पहिलो प्रभाब राम्रो पर्यो भने जो कोहीले राम्रो धारण बनाउँछन् । त्यसकारण सजावट पनि अतिनै आवश्यक कुरा हो । देशको भौतिक संरचनाको राम्रो सजावट गर्ने भनेको इन्जिनियरले नै हो ।

देशको महार कस्तो बनाउने ? यसको लागि इन्जिनियरिङ क्षेत्र जिम्मेबार हुन्छ, र हुनुपर्छ । देशको मुहान विग्रेको इन्जिनियरिङलाई बुझ्न नसक्दा पनि हो ।

देशको भौतिक संरचना निर्माणमा व्यक्ति व्यक्तिको हात हुन्छ । सरकारले बनाउने भन्दा धेरै भौतिक संरचनाहरु ब्याक्तिहरुका छन् ।
देश सुन्दर बनाउन धेरै केही गर्नु पर्दैन, इन्जिनियरको सल्लाह माने पुग्छ, राज्यको मुहारै अर्को हुन्छ । तर, यहाँ ठेकदारले अन्दाजको भरमा घर निर्माण गरिदिन्छन् । घरमा तल्ला थपेरमा मात्र हुँदैन । त्यहाँ प्रयोग गर्ने कला र भित्रका अंगप्रत्येगंहरु बलिया र योजना अनुसार हुनुपर्छ ।

धेरै टाढा नजाउँ । काठमाडौँको कुरा गरौँ । मेरो अफिसको धारा विग्रिएको छ, तर त्यो पाईप कहाँबाट कहाँ जोडिएको छ, अत्तोपत्तो छैन । त्यसको लागि बाथरुप पुरै भत्काउनु पर्ने हुन्छ यसो गर्दा बाथरुपको स्वरुप विग्रने मात्र होइन, घरपनि कमजोर बन्दै जान्छ ।

मेरो अफिसको ओनरले इन्जिनियरिङलाई महत्व दिनुभएन । धेरै खर्च गरेर घर त बनाउनुभयो तर, भित्रका अंगप्रत्येङहरु एउटा कागज हेरेपछि झर्लङ देखिने गरि बनाउनु भएन ।

अर्को कुरा, शहर कुरुप बनाउनेमा हामी सबैको हात छ । काठमाडौँ सबैभन्दा कुरुप बनेको तार र होडिङ बोर्डहरुबाट हो ।
मेरो एउटा नारा छ । मैले लेखेर ठाउँ ठाउँमा राखेको पनि छु । ˝फोहोर नगरिदिनुस्, सफ्फा गर्नै पर्दैन ।” आफ्नो घर र शहरलाई नराम्रो नगर्नुस्, देश बनाउँछु भन्दै हिड्नै पर्दैन ।

बाहिर हिड्दा फोहोर नफालौँ । पोलबाट तार तान्दा राम्रोगरी ल्याउँ यत्तिकै सफा हुन्छ । यसमा न त नेतालाई गाली गर्नुपर्छ न त सफाई अभियाननै चलाउनुपर्छ । हामी र हाम्रो मन फोहोरी छ, त्यही भएर सफा गर्ने अभियान चलाउनु परिरहेको छ ।

त्यसकारण भौतिक संरचना निर्माणमा सबैले इन्जिनियरिङलाई महत्व दिनुपर्छ । नयाँ भवन वा घर बनाउने ब्यक्तिहरुले देशको महार फेर्ने सोचका साथ घर भवन बनाई दिनुभयो भने सरकारलाई दोस दिनु पर्दैन ।

मेरो देश मेरो दायित्व भन्ने भावना कसैमा छैन् । देशको विकाश नहुनुमा सबैको हात छ, इन्जिनिरयर आफ्नो दायित्व पुरा गरेको छ्रैन्, डाक्टरले आफ्नो काम गरेको छैन, टिचरले टिचरको दायित्व पुरा गरेको छैन् अनि देश कसरी बन्छ ? जसको जिम्मेबारी जे हो त्यही गर्नु पर्यो । अनि मात्रा देशको विकास हुन्छ ।

हामीले अब देश साझा होइन्, मेरो मात्रै हो भनेर काम गर्नु जरुरी छ ।
राजनीतिक रुपमा स्थायित्व नहुँदासम्म राज्यका कुनै पनि अंगले राम्रोसँग काम गर्न सक्दैनन् । गाउँमा बाटो बनाउनु पर्यो भने इन्जिनिरका महाइन्जिनिर जनप्रतिनिधि र गाउँले हुन्छन्, विचरा इन्जिनिर उनीहरुको कुराले तिरिमिरी बन्छ ।

यस्तो हुनुमा एउटै मात्र कारण हो, पैसा । मानिस अहिले पैसाकोपछि दौडेका छन् । पैसा कमाउने होडबाजी चलेको छ । सबैलाई रातारात करोडपति हुनु परेको छ । यस्तोमा दुई नम्बरी काम त हुन्छ नै हुन्छ । पैसा राम्रोसँग त आउँदैन । त्यसैले यो परिपाटी रोक्न एकले अर्कोको पेशालाई सम्मान गर्नुपर्दछ । पैसा मात्र होइन, क्षमताको सम्मान हुनुपर्दछ ।

देशको भौतिक संरचना राम्रो बनाउने हो भने नेपालमा इन्जिनियरिङको अभ्यासमा परिवर्तन ल्याउनु जरुरी छ ।
अहिले काम चलाउ तरिकाले इन्जिनियरिङको अभ्यास गरिएको छ ।

सुट पाईन्टमा स्पोर्ट सुज लगाए जसरी नै इन्जिनियरिङको अभ्यास गरिएको छ । इन्जिनियरिङमा पनि कोट पाइन्टमा स्पोर्ट सुज लगाउने चलत छ ।

सबै ठाउँ विग्रनुको मुख्य कारण योग्यता भन्दा पैसालाई महत्व दिनुले हो । राजनीतिक नेतृत्वमा इच्छा शक्ति नभएका कारणले काठमाडौँलाई स्र्माट सिटि बनाउने योजना सफल हुन सकेन ।

यसमा मेरो देश मेरो दायित्व भन्ने कुरालाई सबैले बुझ्न जरुरी रहेको छ । हरेक मानिसले आफ्नो पेसा र राज्यप्रतिको दायित्व बुझ्न र पुरा गर्नुपर्दछ ।

आफ्नो पेसा र दायित्व पुरा नगर्ने तर, नेतालाई दोस दिएर आफ्नो कमजोरी ढाक्ने धेरै छन्, आफू इमान्दार भएर काम गर्दैनन् । काठमाडौँ धेरै अगाडी बन्नु पर्ने हो । तर, यहाँका भौतिक संरचनाको बिजोग छ ।

अहिले धेरै गर्नु नसके पनि हाम्रो कम्पनिले जनचेता जाउँदै आएको छ । मेरो देश मेरो दायित्व अन्तरगत, बाटो कस्तो बनाउने ? त्यसको संरक्षण कस्ले गर्ने ? आफ्नो घर अगाडीको बाटो कसरी संरक्षण र रोग लाग्नबाट कसरी बच्ने ? लगायतका कुराहरु रहेका छन् ।

घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु :
पहिला जमिन हेर्नु पर्यो, जमिनले कतिसम्मको भवन थोग्न सक्न, त्यो आंकलन गर्नुपर्दछ । घरबनाउँनु भन्दा पहिला माटोको परिक्षण गर्नु पर्दछ । माटो अनुसार कस्तो भवन बनाउने त्यो डिसाइट गर्ने । सबैभन्दा समस्या इलेक्टिकल कुरामा हुन्छ ,पिल्लर हुँदैनमा घर बोलियो हुँदैन ।
अर्को, घरभित्र प्रयोग हुने तार र पाईपहरुको चित्र कोर्नु पर्यो ताकि पछि मर्मत गर्न सजिलो होस ।

काठमाडौँका अधिकांस घरहरुमा बत्ति र पाईपका लाइन कसरी जोडिएको र कहाँ छ भन्ने चित्र धेरै घर धनीसँग छैन ।
नक्सा हुँदैमा मात्र, हुँदैन । नक्सा त बाहिरी रुप मात्र हो । जब बत्ति र पाईपमा समस्या आउँछ , त्यो जोडिएको ठाउँ खोज्न पुरै भित्ता भत्यकाउनु पर्ने हुन्छ । यदि त्यसको चित्र बनाइयो भने हेर्नु वित्तिकै थाहा हुन्छ ।

आवासको लागि बनाएको ९० प्रतिशत घरमा आन्तिरिक स्केज बनाईएको छैन् । यो पनि ठूलो गल्ती हो । हामीले घर बनाउँदा हड्डी मात्रको योजना बनाउँछौ । हडिड् मात्र घर होइन । रड, पिल्लर र बिम मात्र पनि घर होइन । घरको भित्र प्रयोग गरिने अंगप्रत्येगहरु पनि महत्वपूर्ण हुन्छन् । त्यसको लागि इन्जिनियरको सहयोग लिनु सबैभन्दा राम्रो हुन्छ ।

कुराकानीमा आधारित

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com