सच्चा साथी कसरी चिन्ने ? नत्र बर्बाद गरिदिन्छन् !

सकारात्मक सोच्ने र इमान्दार मानिसको वरिपरि सधै सकारात्मक सोच राख्ने व्याक्तिहरु हुन्छन् र नकारात्मक सोच राख्ने मासिनहरुको भिड छुट्टै हुन्छ ।

कस्तो मानिसकोसंगत गर्नुभएको छ त्यसमा तपाईको भविश्य समेटिएको हुन्छ । त्यसकारण कस्ता मानिसहरुसँग बढी समय बिताउँदा आफूले चाहेको गन्तब्यमा पुग्न सकिन्छ, आफैले छुट्याउनु पर्दछ । नत्र साथीहरुलेनै विस्तारै बर्बाद गरिदिन्छन् ।

तपाई आफै छुट्याउनुहोस् कुन मानिसहरुसँग तपाई धेरैभन्दा धेरै समय बिताउँन र संगत गर्न चाहानुहुन्छ ।

-काम गर्न हिम्मत दिने वा विभिन्न वहानामा तपाईको हिम्मत तोड्नेहरुको साथ,

-काममा तपाईको ईनर्जी बढाउने वा अनावश्यक उदाहरण दिएर तपाईको ईनर्जी घटाउनेहरुको साथ,

-सकारात्मक सोचका साथ बाँचिरहेकाहरुसँग वा नकारात्मक सोच बोकेर हिँडेकाहरुसँग,

-आफ्नो गन्तब्य प्रष्ट भएकाहरुको साथ चाहानु हुन्छ वा आफै बाटो बिराएकाहरुको साथ,

समयमा आफ्ना असलमित्र को हुन ? चिन्न जरुरी हुन्छ । तपाईको सच्चा साथी हो भने खराब समयलाई पनि राम्रो बनाइदिन्छन् । नत्र साथीको भेषमा बर्बाद नै बनाएको हजारौँ उदाहरणहरु छन् । उनीहरुले दिएको सकारात्मक कुरालाई आफ्नो जिवनमा लागु गर्ने काम तपाई आफ्नो हो । आसपासका मानिसहरुले नै बनाउँछन् र आसपासका मानिसले बर्बाद बनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

प्रबन्ध निर्देशक : ...
सम्पादक : ...

Contact Us

सूचना विभागमा दर्ता नं. : 2075/..

© 2018 All Right Reserved
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com