स्वास्थ्य नै धन - Page 12 of 15 - KHASOKHAS

स्वास्थ्य नै धन

भक्तपुरमा एम्बुलेन्स दुरुपयोग ः विवाह भोजमा मान्छे ओसार्नेदेखि सामग्री बोक्नेसम्म

पुस ३ भक्तपुर भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागेको छ। पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आफ्ना कर्मचारी बोक्ने र आफन्तलाई …

११ हजार कुपोषित बालबालिकालाई पोषणयुक्त पिठो वितरण

पुस ३ बर्दिवास, महोत्तरीका करिब ११ हजार कुपोषित बालबालिकाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले पोषणयुक्त पिठो वितरण शुरु गरेको छ। शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा पिठो वितरण गर्ने अभियान शुरु भएको …

क्यान्सर, मिर्गौला र स्पाइनलका बिरामीलाई मासिक पाँच हजार दिने प्रस्ताव

२ पुस, काठमाडौं । स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगी, मिर्गौला रोगको डायलासिस र स्पाइनल कर्ड इन्जुरी भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने प्रस्ताव अघि सारेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मलेनको आयोजना गरी उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरिरहेको जानकारी दिइएको हो । उक्त प्रस्ताव बैठकले पारित गरेलगत्तै मिर्गौलाको डायलासिस, क्यान्सर र …

नेपाल मेडिसिटीमा मिर्गौलाको पथरी फुटालेर गरिने उपचार विधि शुरु

ललितपुरको सैंबु भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गौलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) शुरु भएको छ । ‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई मिर्गौलाको पथरी फुटाएर गरिने उपचार विधि हो । नेपाल मेडिसिटी अस्पतालले ल्याएको विश्व बजारको सबैभन्दा पछिल्लो र अत्याधुनिक डोनियर कम्पनीको सिग्मा कम्प्याक्ट मेसिन हाल नेपालमा …

बेनी अस्पतालको पचास शैया क्षमत्ताको भवन निर्माण कार्य सुरु

मंसिर २८, म्याग्दी,। म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालको पचास शैया क्षमत्ताको सुबिधासम्पन्न भवन निर्माण सुरु भएको छ । दुई वर्षअघि क्षमत्ता विस्तार भएको अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु भएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत भवन निर्माणको काम सुरु गरेको हो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण …

छाती बाहिर मुटु निस्केको शिशुको सफल शल्यक्रिया

मंसिर २७, बेलायतको लेस्टरस्थित ग्लेनफिल्ड अस्पतालमा मुटु छातिबाहिर एक शिशुको शल्यक्रिया गरी मुटुलाई छातिभित्र राखिएको छ । शल्यक्रिया सफल भएपछि शिशु बाँचेकी छन् । तीन साताअघि जन्मिएकी भेनेलोप होप विल्किन्सको ब्रेस्ट बोन समेत छैन । उनी सिजेरियन गरी जन्मिएकी थिइन् । बाहिर निस्केको मुटु छातिभित्र राख्न यो समेत तीनपल्ट शल्यक्रिया गरिएको छ । यसरी मुटु …

कफी पिउनु हृदयघातदेखि कलेजोसम्बन्धी रोगका लागि पाइदा

मंसिर २७, एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको बिबिसीले लेखेको छ। ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ। तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन्। कफी नपिउनेको …

एचआर्इभी एड्सका विरुद्धमा लड्न युवालाई आह्वान

मङसिर– २६, जिम्बाबेका राष्ट्रपति इड्गार लङगुले एचआईभी÷एड्स विरुद्धको लडाईमा सम्लग्न हुन युवाहरुलाई आह्वान गरेका छन् । देशको अन्य विकासका लागि बाधक र चुनौती बन्दै गएको रोगका विरुद्धमा लड्न उनले सोमबार युवाहरुलाई आह्वान गरेका हुन्। विश्व एड्स दिवसको अवसरमा उनले एचआइभी संक्रमण विशेष गरेर युवा अवस्थामा सुरु हुने भएकाले युवाहरु नै यसका विरुद्धमा लड्नु पर्ने बताए। …

रिसाउने बानीले छिट्टै मृत्युको मुखमा धकेल्छ

काठमाडौं, ११ मंसिर — हामीले गर्ने ससाना कामहरूले पनि हामीलाई छिट्टै मृत्युको मुखमा धकेलिरहेका हुन्छन् भन्ने थाहा पाउँदा तपाईं छक्क पर्नुहुन्छ होला । हालै अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानले धेरै रिस देखाउने मानिसको समयअगावै मृत्यु हुने देखाएको छ । मानिसहरूमा रिसको मात्रा बढ्नै जाने प्रवृत्तिमाथि वैज्ञानिकहरूले अध्ययन गर्दा शरीरमा यसले देखाउने दुष्परिणाम पत्ता लाग्यो । आयोवा …

तयार भयो कृत्रिम मिर्गौला, परीक्षण सफल भए प्रत्यारोपण थालिने

कात्तिक ३० एजेन्सी– अमेरिकि वैज्ञानिकहरुले प्रत्यारोपण गर्न मिल्ने कृत्रिम मिर्गौला तयार गरेका छन्। क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले वास्तविक मिर्गौलालेजस्तै काम गर्न सक्ने र प्रत्यारोपण गर्न मिल्ने कृतिम मिर्गौला तयार गरेर मिर्गौला फेल भएका बिरामीहरुमाथि परीक्षण गर्न लागेका हुन्। अनुसन्धानकर्ताहरुको परीक्षण सफल भए मिर्गौला फेल भएका बिरामीले डायलासिसको झन्झट बेहोर्नुनपर्ने र मिर्गौलादाता खोज्नुनपर्ने अनुसन्धानकर्ताहरुको दाबी छ। मिर्गौला …

WP Facebook Auto Publish Powered By : XYZScripts.com