६ घण्टा सुत्छन् विश्वका सबैभन्दा धनी मध्येका एलन मस्क


प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार

मानव स्वास्थ्यमा निद्रालाई अत्यन्तै महत्वपूर्ण रुपमा लिइन्छ । कतिपयले जीवनमा सफल हुनका लागि कम सुतेर धेरै काम गर्नुपर्ने धारणा राख्छन् । निद्रा क्रान्ति नामको पुस्तककी लेखिका एरियाना हफिंगटनले सातदेखि आठघण्टासम्म सुत्नुपर्ने सुझाव दिन्छिन् ।

विश्वका धनीमध्येका एक एलन मस्कले आफू हरेकरात ६ घण्टा सुत्ने खुलासा गरेका छन् । जो रोगनसँगको एउटा अन्तरवार्तामा मस्कले आफ्ना कम्पनीहरुप्रति आफ्नो उत्तरदायित्व सन्तुलन गरेर हरेक रात ६ घण्टा सुत्ने बताएका हुन् ।

टेस्ला र स्पेस एक्सका सीईओ मस्कले आफू राती १ देखि २ बजेसम्म काम गर्ने र त्यसपछि झण्डै ६ घण्टा सुत्ने खुलासा गरेका हुन् । आफूले कम घण्टा सुत्ने प्रयास गरेको तर त्यसो गर्दा कुल उत्पादनशीलता घट्ने भएकाले प्रयाप्त निद्रा आवश्यक रहेको उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले प्रकाशित गरेको मेडिकल जर्नलमा उल्लेख थियो । अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका थिए ।

सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको छ ।

अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com