नजिकको नदेख्नेका लागि अब चस्माको साटो ‘आई ड्रप’, चस्मा विस्थापित हुनसक्ने


प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार

उमेरका कारण नजिकको नदेख्ने समस्या हुनेहरुका लागि एफडीएबाट हालै स्वीकृत आँखामा थोपा हाल्ने औषधी स्वीकृत गरेपछि यसले लाखौं अमेरिकनको जीवनशैली नै परिवर्तन गर्ने अपेक्षा गरिएको छ । खासगरी ४० बर्ष काटेपछि नजिकको राम्ररी नदेख्ने उमेर सम्बन्धित समस्या हुनेहरुका लागि यो औषधी स्वीकृत गरिएको हो ।

भुइटी नामको यो औषधी एफडीएबाट अक्टोबरमा प्रयोगका लागि स्वीकृत गरिएको थियो । नजिकको दृश्य देख्नमा समस्या हुनेहरु अमेरिकामा झण्डै १२८ मिलियन व्यक्ति रहेका छन् । अब उनीहरुमध्ये कैयनको जीवनशैली यो औषधीले परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

यो औषधी आँखामा हालेको १५ मिनेटमा नै काम गर्न थाल्ने जनाइएको छ । हरेक आँखामा एकएक थोपा यो औषधी राखेपछि ६ घण्टादेखि १० घण्टासम्मका लागि नजिकको दृश्य नदेख्ने समस्या समाधान हुने कम्पनीले जनाएको छ । अर्थात् एकथोपा औषधीले १० घण्टासम्म आँखाको दृश्यशक्ति बलियो बनाउनेछ ।

क्लीनिकल परीक्षणमा सहभागी ७५० जनामध्ये एक टोनी राइटले यो औषधी जीवन नै परिवर्तन गर्ने खालको भएको बताएका छन् । औषधीको प्रयोगभन्दा अगाडि राइटले कार्यालय, बाथरुम, किचन, कार लगायत जताततै चस्मा राख्नुपर्ने समस्या रहेको अहिले उक्त समस्याबाट मुक्ति मिलेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भुइटी उमेर सम्बन्धित कमजोर निकट दृष्टिको उपचारका लागि एफडीएबाट स्वीकृत पहिलो आँखामा थोपा हाल्ने औषधी हो । चिकित्सकको परामर्शमा दिइने यो औषधीले आाखाको पुतलीको आकार प्राकृतिक रुपमा घटाउन मद्दत गर्ने चिकित्सकले बताएका छन् । आँखाको पुतलीको आकार घट्दा फोकसको गहिराईमा बृद्धि हुने तथा यसले फरक फरक दुरीमा फोकस गर्न मद्दत गर्ने जनाइएको छ ।

३० दिनसम्म प्रयोग गर्न मिल्ने यो औषधीको मूल्य ८० डलर पर्छ । यो औषधीले ४० देखि ५५ बर्षका व्यक्तिमा सबैभन्दा राम्रो काम गर्ने गरेको पाइएको छ । केहीमा टाउको दुख्ने र आँखा रातो हुने जस्ता साइड इफेक्टहरु पनि क्लीनिकल परीक्षणमा देखिएका थिए । ६५ बर्षभन्दा माथिको उमेरका व्यक्तिका लागि भने यो औषधी कम प्रभावकारी पाइएको छ ।

अहिलेसम्म यो औषधीलाई अमेरिकामा कुनै पनि इन्सुरेन्सले कभर गर्दैन । चस्माहरु कम महँगो विकल्प रहेकाले इन्सुरेन्स कम्पनीहरुले यो औषधीलाई कभर गर्ने तत्काल सम्भावना नरहेको जनाइएको छ । कतिपयले यो औषधीलाई ब्याकअपका रुपमा समेत प्रयोग गर्न सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com