लायन्स क्लब अफ क्वीन्स बुद्धको भर्चुअल कार्यक्रम, मधुमेहबाट बच्न ३ डाक्टरका यस्ता सुझाव


प्रकाशित मिति : माघ २८, २०७७ बुधबार

न्युयोर्कमा रहेको लायन्स क्लब अफ क्वीन्स बुद्धले आयोजना गरेको कार्यक्रममा चिकित्साक्षेत्रका विशेषज्ञहरुले मधुमेहबाट बच्न विभिन्न सुझावहरु दिएका छन् । मधुमेहबारे जागरुकताका लागि भर्चुअल कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा डाक्टर नम राज शर्मा पण्डित, डाक्टर अश्रु न्यौपाने र डा क्रिपेश सुबेदीले मधुमेहबाट बच्न विभिन्न सुझावहरु दिनुभयो । जीवन शैली लगायतका विषयमा समयमै सचेत रहेमा मधुमेहबाट बच्न सकिने उहाँहरुको सुझाव छ ।

कार्यक्रममा बीर अस्पतालका पुर्व चिकित्सक डाक्टर नमराज शर्मा पण्डितले मधुमेह रोग लाग्नुभन्दा पहिले खासै लक्षणहरुको अनुभव नहुने भएकाले हरेक व्यक्तिले नियमित रगत र मुत्र परीक्षण गराइरहनुपर्ने बताउनुभयो । मधुमेहका कारण नेपालमा मृगौला रोगीहरुको संख्या दिन प्रतिदिन बढ्दो रहेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओम हस्पिटल रिसर्च सेन्टर काठमान्डौकी डाक्टर अश्रु न्यौपानेले सन्तुलित भोजनबाट मधुमेहलाई पराजित गर्न सकिने बताउनुभयो । आफुलाई तनाब रहित राख्ने, शरीरको तौल नियन्त्रणमा राख्ने र खाना खाने समय नियमित राख्नुपर्ने उहाँले बताउनुभयो ।

सेन्ट मेरी मर्सी हस्पिटल मिशिगन का आन्तरिक मेडिसिन विशेषज्ञ डाक्टर क्रिपेश सुबेदीले मधुमेह रोगबाट बच्न आफ्नो स्वास्थ्य प्रति सजग रहन, हप्तामा पाँच दिन हरेक दिन कम्तीमा आधाघण्टाको दरले व्यायाम गर्न र प्रत्येक वर्ष कोलेस्ट्रोलको मात्रा चेक गराउन सुझाव दिनुभयो ।

लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक २१ के वानका भाइस गभर्नर लायन अन्थोनी कोचरान, लायन्स क्लब बुद्धका वर्तमान अध्यक्ष लायन रीमाया नेपाली, लायन्स क्लब अफ क्वीन्स बुद्धका निवर्तमान अध्यक्ष लायन अर्जुन गौडेल लगायतले बोल्नुभएको कार्यक्रमको संचालन सोही क्लबका पुर्व अध्यक्ष लायन बेगम पण्डितले गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com