विश्वकप विजेताको पुरस्कार राशी कति ?


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

रसियामा हुन गइरहेको फिफा विश्वकप फुटबलको समग्र बजेट ७९ करोड १० लाख डलर रहेको छ।

फिफाले निश्चित गरेअनुसार यो वर्षको विश्वकप खेल्ने टोलीका लागि कूल पुरस्कार रकम ४० करोड अमेरिकी डलर तोकिएको छ। विश्वकप अन्तर्राष्ट्रिय इभेन्टहरुमध्ये सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगितामा समेत हाे।

फिफाकाअनुसार समूह चरण खेलेर बाहिरिने १६ टोलीले ८० लाख डलरका दरले पुरस्कार पाउनेछन्। समूह चरणबाट १६ टाेलीले प्रतिटाेली ८० लाख डलर लिएर बाहिरिनेछन् भने १६ वटा अन्तिम १६ मा पुग्नेछन्।

अन्तिम १६ बाट ८ वटा टोली क्वाटरफाइनलमा पुग्नेछन्, ८ वटा बाहिरिनेछन्। यो तहबाट बाहिरिने ८ टोलीले प्रतिटोली १ करोड २० लाख डलरका दरले पुरस्कार पाउनेछन्।

क्वाटर फाइनलबाट ४ टोली सेमिफाइनलमा पुग्नेछन्, ४ बाहिरिनेछन्। यो तहबाट बाहिरने टोलीले प्रतिटोली १ करोड ६० लाख डलर पुरस्कार पाउनेछन्। सेमिफाइनल खेल्ने चार टोलीमध्येबाट यो विश्वकपको चौथो, तेस्रो, दोस्रो र च्याम्पियन टोली घोषणा हुनेछ।

टेबल हेर्नुहाेस्

चौथो हुने टोलीले २ करोड २० लाख अमेरिकी डलर पाउनेछ। तेस्रो हुनेले २ करोड ४० लाख डलर दिइनेछ। दोस्रो हुनेले २ करोड ८० लाख हात पार्नेछ भने च्याम्पियन टोलीले ३ करोड ८० लाख अमेरिकी डलर पाउनेछ। सँगै विजेताले १८ क्यारेट सुनको ट्रफी पाउनेछन्।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबल जर्मनरीले जित्दै ३ करोड ५० लाख डलर हात पारेको थियो। यो पटक समूह चरणबाहेक अन्य तहको पुरस्कार राशी बढेको छ। विश्वकप विजेता टाेलीका लागि ३० लाख अमेरिकी डलर बढाएर ३ करोड ८० लाख डलर पुर्याइएकाे छ। दोस्रो हुनेको पुरस्कार रकम पनि ३० लाख डलर नै बढाइएको छ।

फिफाको आधिकारिक वेबसाइटकाअनुसार पुरस्कार रकम विश्वकप प्रतियोगिता समापनपछि सम्बन्धित टोलीलाई प्रदान गरिनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com