प्राचीन मुर्तिको अवैध कारोवार, ६ बर्षमा ४६ मुर्ति हराए


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

पुरातात्विक महत्वका प्राचीन मुति विदेशी नागरिकलाई कारोडौं रुपैयाँमा विक्री गर्ने गरेको पार्यएको छ । नयाँलाई पुरानो तथा पुरानोलाई नयाँ बनाएर यस्तो कारोवार हुँदै आएको प्रहरी अनुन्धानबाट खुलेको छ ।

दरबारमार्गस्थित एउटा पसलका सञ्चालक प्राचीन मुर्तिका साथै बहुमुल्य प्राचीन वस्तुको अवैध कारोवार गर्दै आएको अवस्थामा पक्राउ परेपछि अनुसन्धान गर्दा यस्ता मुर्तिको कारोडौंमा कारोवार हुने गरेको छ ।

केन्द्रीय अनुसन्धान क्युरियो आर्ट नामक पसलबाट नौ सय बर्ष पुराना मुर्ति बरामद गरी तीन सञ्चालकलाई पक्राउ गरेपछि यस्तो कारोवारबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

विगत ६ बर्षको अवधिमा पुरातात्विक महत्वका ४६ भन्दा बढी बहुमुल्य मुर्ति तथा शिलालेख चोरी भएका छन् । २०६८ सालयताको अवधिमा देशभरका मठमन्दिर तथा गुम्बा र विहारबाट ४६ मुर्तिसहित प्राचीन शिलालेख हराएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com