साढे ३३ किलो सुन काण्ड : १५ जनाको वयान सकियो


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्या आरोपमा पक्राउ परेकामध्ये जिल्ला अदालत मोरङले आजसम्म १५ जनाको बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सो काण्डमा ६३ जना विरुद्ध सुन चोरी पैठारी निकासी, कर्तव्य ज्यान, अपहरण र संगठित अपराध अन्तर्गत संलग्नताका आधारमा बुधवार छुट्टाछुट्टै मुद्दा दर्ता गराएको थियो ।

पहिलो पटक अत्यधिक संख्यामा बहालवाला उच्च प्रहरी अधिकृतहरु विरुद्ध दर्ता गराइएको मुद्दामा पूर्व प्रहरी नायब महानिरीक्षक बाहेक ८ जना बहालवाला प्रहरीहरु रहेका छन् । वाँकी पक्राउ परेकाहरुको वयान लिन मंगलवारसम्म लाग्ने र त्यसपछि थुनछेकको बहस हुने मोरङ जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा ९ जना पूर्व प्रहरी र बहालवाला प्रहरीलाई मुद्दा चलाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दा चलाइएकाहरुमा पूर्व प्रहरी डिआईजी गोविन्द निरौला, तत्कालीन अपराध अनुसंधान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल र प्रहरी नायब उपरीक्षक संजयबहादुर राउत, प्रहरी जवान विष्णु खड्का प्रहरी हिरासतमा छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com