सार्वजानिक यातायातको सिन्डिकेटपछि तरकारीको सिन्डिकेट हटाउँदै सरकार


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी बजारको सिन्डिकेट हटाउन लागि परेको खबर आजको राजधानी दैनिकले पहिलो पृष्टमा छापेको छ ।

समाचारका अनुसार तरकारी बजारको सिन्डिकेट हटाउन सरकारले घोषणा गरेको छ ।

सरकारले कृषि, पशुपन्छी, भूमि व्यवस्था तथा सहकारी क्षेत्र रूपान्तरणको मार्गचित्र २०७५ मार्फत तरकारी तथा फदफूल बजारमा कायम गरिएको सिन्डिकेट अन्त्यको प्रतिबद्धता जनाएको हो ।

योसँगै सरकारले फलफूल तथा तरकारी बजारका बिचैलिया हटाउने प्रतिबद्धतासमेत जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कृषि, भूमि व्यवस्था तथा सहरकारीमन्त्री चक्रपाणि खनालले आइतबार मार्गचित्र प्रस्तुत गर्दै फलफूल तथा तरकारी बजारमा हुँदै आएको सिन्डिकेट हटाउन तरकारी बजारमा रहेको विभिन्न बिचैलिया प्रस्थिापन गरिने प्रतिबद्धता जनाएको समाचार छापेको छ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com