गणेश थापाको ‘छत्रछायाँ’बाट मुक्त भयो एन्फा, अध्यक्ष बने कर्माछिरिङ


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । यससँगै एन्फा औपचारिक रुपमा गणेश थापाको छत्रछायाँबाट मुक्त भएको छ ।

उसाे त थापामाथि १८ कार्तिक २०७१ मै फिफाले प्रतिबन्ध लागेको थियो । ३० कार्तिक २०७२ मा फिफाले थापामाथि १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी कडा प्रतिबन्ध लगायो ।

तर, एन्फामा उनको हालीमुहाली कायमै थियो । उनले चाहेका पत्रहरु नै एन्फाको नेतृत्वमा थिए । यो पटक उनले मणि कुँवरलाई अघि सारेका थिए ।

कुँवर थापाको आफ्नै सालो हुन् । तर, एन्फामा शुद्धीकरण अभियान चलाएका कर्माछिरिङले उनलार्इ पराजित गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुँवरले अन्तिम समयमा आएर विधान सम्वत नभएको भन्दै चुनाव बहिस्कारको घोषणा पनि परे तर, निर्वाचन कमिटीले समय घर्किसकेको भन्दै उनको उम्मेदवारी फिर्ता स्वीकार गरेन र चुनाव गरायो ।

शनिबार भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार कर्माछिरिङले ६३ मत पाएका छन् भने कुँवरले जम्मा १२ मत पाए ।

केन्द्रीय कार्यसमितिमा सबै कर्माछिरिझ समूहबाटै आएका छन् । चार उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह विजयी भएका छन् ।

११ सदस्य पनि कर्मा समूहबाटै आएका छन् । सदस्यमा दावा लामा, निरोज खड्की, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, प्रदेश सिंह राठोर, दिवेश व्यञ्जनकार, दिर्घबहादुर केसी, विजय घले, रत्नकुमार श्रेष्ठ र किरण रार्इ विजयी भएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com