माेदी भ्रमणकाे कार्यतालिका तय, के–के छन् कार्यक्रम ?


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा अाउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे भ्रमणकाे कार्यतालिका तय भएकाे छ ।

यही वैशाख २८ गते नेपाल अाउन लागेका प्रधानमन्त्री मोदीलाई सोही दिन साँझ टुँडिखेलमा विशेष समारोहमा स्वागत गर्ने कार्यक्रम रहेकाे छ । नेपाली सेनकाे टुकडीले मोदीलाई टुँडिखेलमा सम्मान गारथ (गार्डअफ अनर) प्रदान गर्ने कार्यक्रम तय भएकाे परराषट्र मन्त्रालय स्राेतले जनाएकाे छ ।

बिहारको राजधानी पटनाबाट हेलिकप्टरमा २८ गते जनकपुर अाउन लागेका मोदीलार्इ जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेकाे छ । त्यहाँ रहँदा मोदीले जानकी मन्दिरमा पूजा गर्ने समेत कार्यक्रम रहेकाे छ । उनी त्यहाँबाट भारतीय वायु सेनाको हेलिकोप्टरमार्फत नै मुक्तिनाथकाे दर्शनमा जाने र साेही दिन साँझ काठमाडाैं अाइपुग्ने कार्यतालिका रहेकाे छ ।

२८ गते नै प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् भने मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्नेछन् । साेही दिन प्रधानमन्त्री ओलीले माेदीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम समेत रहेकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैशाख २९ गते भारतीय लगानीमा बन्ने अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेकाे छ । ९०० मेगावाट क्षमताको परियोजनाको काठमाडौँबाटै प्रधानमन्त्री अाेली र माेदीले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार २९ गते काठमाडौँबाट दुवै प्रधानमन्त्रीले काठमाडौँबाट भिडियो कन्फ्रेन्स मार्फत् अरुण तेस्रोको शिलान्यास गर्नेछन्।

प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । सन् २०१४ मा उनी दुई पटक नेपालको भ्रमणमा आएका थिए । मोदीको भ्रमणलाई लिएर जनकपुर पोखरा र मुस्ताङमा तयारी तीव्र पारिएको छ । साथै काठमाडाैंकाे सुरक्षा अवस्था पनि मजबुत बनाउन सुरक्षा निकाय सतर्क अवस्थामा रहेकाे जनाइएकाे छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर प्रदेश २ काे सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । आठवटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्नका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको छ । होटल र लजमा निगरानी राखी भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाने यात्रु र सवारी साधनलाई निगरानी गरी जाँच गर्नेबारे छलफल जनाइएकाे छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com