सुन तस्करीका आरोपी एसएसपी लोहनीले पत्रकारलाई लात्ती हाने


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले जिल्ला पत्रकारमाथि लात्ती प्रहार गरेका छन् ।

जिल्ला अदालत मोरङबाट जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा पत्रकारहरुले आफ्नो फोटो खिचेको भन्दै एसएसपी लोहनी पत्रकारमाथि जाइलागेका हुन् । लोहनीले उज्यालोका मोरङ सहकर्मी सुमन तिमल्सिना र पत्रकार ध्रुव भट्टराईमाथि फोटो खिचेको भन्दै लात्ती प्रहार गरेका हुन् ।

तथानाम गाली र अपशब्द प्रयोग गर्दै एसएसपी लोहनी पत्रकारमाथि जाइलागेका थिए । ‘मेरो फोटो खिच्छस्’ भन्दै उनले पत्रकारमाथि लात्ती प्रहार गरेका थिए । उज्यालो सहकर्मीको क्यामेरामा ताक्दै उनले दुई पटकसम्म आक्रमण गरेका हुन् । दाेस्राे पटककाे अाक्रमण प्रयासमा तिमल्सिनाले भागेर अाफूलाई जाेगाएका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई बुधबार मोरङ प्रहरीले पक्राउ गरेको थियाे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साढे ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्यको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङमा बयान दिन पुगेका लोहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले महाशाखाका तत्कालीन एसएसपी लोहनीको भूमिकालाई शंकास्पद रहेको ठहर गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले लोहनीको भूमिका शंकास्पद रहेको बताएपछि उनी अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय नक्साल तानिएका थिए ।

सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३३ किलो सुन काण्डमा पूर्व डिआईजीदेखि बहालवाला एसपी, डिएसपी, सई र प्रहरी जवानसमेत प्रहरी हिरासतमा छन् । उनीहरुसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । २९ जना आरोपीहरु अदालतमा उपस्थित थिए भने बाँकी फरार रहेका छन् ।

सुन तस्करीमा संलग्न तथा हत्याको आरोपमा अनुसन्धानमा तानिएका प्रहरीहरुमा पूर्व डिआईजी गोबिन्द निरौला, बहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुप्रसाद खड्का रहेका छन् । प्रहरी हिरासतमा रहेका उनीहरुलाई सुन तस्करी सहयोगी तथा संगठित अपराध अन्तरगत मुद्दा दर्ता गरिएको छ ।

उनीहरु स्वयम सुन ल्याउनमा संलग्न भन्दा पनि तस्करीलाई बढावा दिनको लागि सहयोगीको काम गरेको भन्न्दै मुद्दा चलाइएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com