चाडबाड : सङ्क्रमणको जोखिममा गाउँघर


प्रकाशित मिति : आश्विन २७, २०७८ बुधबार

चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो । कोरोना महामारीको जोखिम कायमै रहेको समयमा पनि मानिसहरु दसैँ पर्व मनाउनका लागि आवश्यक सामग्रीहरु किनमेल गर्न तथा आफ्ना आफन्तकामा आउने जाने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढ्ने चिन्ता बढ्न थालेको छ ।  माानिसहरुले सामान्य स्वास्थ्य मापदण्डको समेत पालना नगर्दा चाडपर्वको समयमा कोरोना सङ्क्रमण भयावह हुनेमा जानकारहरु चिन्तित देखिएका छन् ।

सार्वजनिक स्थल, हाटबजार र यातायातका साधनमा यात्रा गर्दासमेत सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना पूरा नगर्दा चाडपर्वको समयमा कोरोना सङ्क्रमणको जोखिम थप बढ्न सक्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ । कोरोना महामारी पूर्णरुपमा नियन्त्रणमा नभएको भए पनि अधिकांश सर्वसाधारणले खोप लगाइसकेका र चाडपर्वको समयमा बजार क्षेत्र भीडभाड हुनु स्वभाविकै रहेको भन्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सबैलाई सतर्क भई चाडपर्व मनाउन उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए ।

बजारमा मानिसहरुको भीडभाड रहे पनि कोरोना सङ्क्रमण नियन्त्रण गर्न भन्दै निषेधाज्ञा जारी भएपछि मानिसहरु बेरोजगार भएका र उनीहरुको आम्दानी नभएका कारण किनमेलको काम भने कम भएको स्थानीय व्यापारी श्रीनारायण साहको भनाइ छ ।

जिल्लामा हालसम्म ६८ हजार नौ सय ७८ जनाले कोरोना सङ्क्रमण विरुद्धको पहिलो डोज खोप र एक लाख ७२ हजार दुई सय ६४  जनाले दोस्रो खोपको मात्रा पनि लगाइसकेभने जम्मा जिल्लाभरमा कोरोना खोप लगाउने दुई लाख ४१ हजार दुई सय ४२ जनाले खोप लगाइसकेका स्वास्थ्य  कार्यालय सर्लाहीले जनाएको छ । भारतसँग खुल्ला सिमाना भएको सर्लाहीमा भारतबाट आफ्नो घर आउने तथा आफ्ना आफन्तलाई भेट्न जाने आउनेहरुको सङ्ख्यामा वृद्धि भएपछि कोरोना सङ्क्रमण दर बढ्ने चिन्ता त्यतिकै बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, बयलवास तथा मलङ्गवा लगायतका बजारहरुका साथै वित्तीय संस्थाहरुमा मानिसहरुको भीडभाड त्यतिकै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरिसकेको छ । मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।  रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com