‘अमेरिकी विदेशमन्त्रालयले डिसीमा रहेको नेपाली दूतावाससँग स्पष्टीकरण सोधेको छैन’


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

भेनेजुएलाको सन्दर्भमा अमेरिकी विदेशमन्त्रालयले वासिंटन डिसीमा रहेको नेपाली दूतावासलाई पत्राचार गरेर धारणा मागेको समाचार सत्य नभएको राजदूत डाक्टर अर्जुनकुमार कार्कीले दावी गरेका छन् । खसोखाससँग कुराकानी गर्दै कार्कीले अमेरिकी विदेशमन्त्रालयका तर्फबाट दूतावासलाई भेनेजुएलाका सन्दर्भमा कुनै पत्र नआएको बताए ।

केही दिन अगाडि अमेरिकी विदेशमन्त्रालयले वासिंटन डिसीमा रहेको नेपाली दूतावासलाई पत्राचार गरेर भेनेजुएलाका सन्दर्भमा धारणा मागेका समाचारहरु सार्वजनिक भएका थिए । अमेरिकी विदेशमन्त्रालयले चासो दिएका समाचार सार्वजनिक भएपछि नेपाल र अमेरिकाबीचको सम्बन्धलाई लिएर विभिन्न विश्लेषण र अड्कलबाजीहरु भएका थिए ।

चीन, रसिया, इरान र सिरियाको लाइनमा नेपाल उभिदा अमेरिकासँगको सम्बन्धमा चिसोपन आउला ?

समान्यतया अन्तर्राष्ट्रिय विषयहरुमा धारणाहरु बनाउँदा वा अन्तर्राष्ट्रिय मामलामा राष्ट्रसंघमा मतदान हुँदासमेत नेपालले सधै र सबै विषयमा अमेरिकालाई समर्थन गर्दैन । यसलाई अमेरिकाले सामान्य रुपमा नै लिदै आएको छ भने जसका कारण सम्बन्धमा खासै नकारात्मक प्रभाव परेको देखिदैन । तर भेनेजुएलाका सन्दर्भमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकालेको वक्तब्यमा कुटनीतिक नभई गालीगलौजको भाषा प्रयोग गरिएकोमा भने अमेरिकाले चासो देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यतिबेला भेनेजुएलाका सन्दर्भमा निर्वाचित राष्ट्रपति र स्वघोषित राष्ट्रपतिलाई समर्थन गर्ने सन्दर्भमा विश्व दुईभागमा विभाजित भएको छ । अमेरिका, बेलायत, क्यानडा लगायतले स्वघोषित राष्ट्रपतिलाई समर्थन गरेका छन् भने भारत, चीन, रुस लगायत नेपालले निर्वाचित राष्ट्रपतिलाई समर्थन गरेका छन् ।

भेनेजुएलामा सरकार विरोधी प्रदर्शन, नयाँ चुनावको माग

क्युबा, टर्की लगायतका मुलुकहरु राष्ट्रपति मडुरोको पक्षमा रहेका छन् भने अर्जेन्टिना, ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, कोस्टारिका, ग्वाटेमाला, होण्डुरस, पाराग्वे, परु लगायत इजरायल, अष्ट्रलिया विपक्षी नेताको पक्षमा रहेका छन् । यो अवस्थामा नेपाल पनि चीन, रसिया, क्युबा लगायतका मुलुकको लाइनमा लागेको छ । यद्यपी चीनको धारणा राष्ट्रपति मडुरोको पक्षमा देखिएपनि सन्तुलित प्रकारको रहेको छ । राष्ट्रपति मडुरोको पक्षमा मेक्सिको, बोलिभिया, इरान र उरुग्वे पनि रहेको छ भने विपक्षमा डेनमार्क, इक्वेडर, फ्रान्स, पानामा, कोसोभो समेत रहेको छ । स्पेनले भने केही सन्तुलित धारणा अपनाएको छ । युरोपियन युनियन, सुरिनाम लगायतले भने नयाँ निर्वाचनको आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com