भेनेजुएलामा सरकार विरोधी प्रदर्शन, नयाँ चुनावको माग


प्रकाशित मिति : १९ माघ २०७५, शनिबार

भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुआन गुआइडोका समर्थकहरुले देशब्यापी प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति निकोलस मडुरोलाई पछाडि हट्न र नयाँ राष्ट्रपतीय चुनावको घोषणा गर्न माग गरेका छन् ।

गत महिना गुआइडोले आफैलाई स्वघोषित राष्ट्रपति घोषणा गरेका थिए । त्यसको अमेरिका र कैयन ल्याटिन अमेरिकी देशहरुले तत्काल समर्थन गरेका थिए । रुस र चीन भने मडुरोको पक्षमा रहेका छन् ।

चीन, रसिया, इरान र सिरियाको लाइनमा नेपाल उभिदा अमेरिकासँगको सम्बन्धमा चिसोपन आउला ?

मुख्य युरोपियन देशहरुले नयाँ मतदानको घोषणा गर्न आइतवारसम्म समय सिमा दिएका छन् । यदि आइतवारसम्म पनि नयाँ मतदानको घोषणा नभए उनीहरुले विपक्षी नेता गुआइडोलाई समर्थन गर्ने संकेत दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेनेजुएलाको संकटले नेपालको राजनीतिसम्मलाई छोएको छ । भेनेजुएलाको सन्दर्भमा नेपाल अमेरिकाको विपक्षमा उभिएका कारण दुईदेशबीचको सम्बन्धलाई लिएर विभिन्न तर्क र अड्कलबाजीहरु भइरहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com