साप्ताहिक अध्यागमन राउण्डअप : सरकार शटडाउनको सास्ती


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

यो साता अमेरिकी सरकार शटडाउनकै विषय अमेरिकी अध्यागमनको क्षेत्रमा चर्चामा रह्यो । डिसेम्बर २२ मा सुरु भएको अमेरिकी सरकार शटडाउन यो साता पनि जारी रह्यो । सरकार शटडाउनका कारण अमेरिकी अध्यागमनका क्षेत्रमा सर्वसाधारणलाई समेत प्रभाव पर्यो ।

अमेरिकी सरकार शटडाउनका कारण युएससीआईएसका कुनै पनि अन्तरवार्ता र अप्वाइन्टहरु भने प्रभावित भएनन् ।

सरकार शटडाउनका बेला युएससीआईएसका अन्तरवार्ता जारी, आवेदन स्वीकार

तर अमेरिकाका अध्यागमन अदालतहरुमा झण्डै ८ लाख मुद्दाहरु पेन्डिङ रहेको अवस्थामा जारी अमेरिकी सरकार शटडाउनले कैयन एसाइलमका मुद्दाहरु प्रभावित भए । जसबाट ठूलो संख्यामा नेपालीहरु पनि प्रभावित भए । अमेरिकी सरकार शटडाउनका कारण अधिकांश अध्यागमन अदालतहरु बन्द हुँदा कैयन मुद्दाहरुको सुनुवाई स्थगित भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकार शटडाउनबाट एसाइलमका मुद्दा स्थगित, नेपाली प्रभावित

अमेरिकी अदालतमा ४ हजार नेपालीका मुद्दाहरु पेन्डिङ रहेको अवस्थामा भएको शटडाउनले तीमध्येका कैयन नेपालीहरु प्रभावित भएका हुन् । सरकार शटडाउनको बेलामा सुनुवाईको मिति पाएका नेपालीहरुको मुद्दा अनिश्चिकालका लागि स्थगित हुन पुगेको छ ।

अमेरिकी अदालतमा ४ हजार नेपालीका एसाइलम पेन्डिङ, शटडाउनबाट प्रभावित (एक्सक्लुसिभ)

अमेरिकी सरकार शटडाउनका कारण अध्यागमन अदालतमा रहेका नेपालीका एसाइलमहरुमा नकारात्मक प्रभाव परेको छ भने लामो समयदेखि एसाइलमको सुनुवाई कुरेर बसेका ठूलो संख्यामा नेपालीहरु प्रभावित भएका छन् । उनीहरुको सुनुवाइको मिति २ बर्षभन्दा पछाडि सर्ने देखिएको छ । रोकिएका एसाइलमका मुद्दाको सुनुवाईको नयाँ मिति सरकार खुलेपछिमात्र प्रदान गरिने जनाइएको छ ।

‘अमेरिकी सरकार शटडाउनले कैयन नेपालीका एसाइलम २ बर्षभन्दा पछि सर्छन् ‘ – रमेश श्रेष्ठ

सरकार शटडाउन जारी रहेकै बेला सिमानामा पर्खाल निर्माणका विषयमा कुनै सहमति कायम हुन नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा राष्ट्रिय संकटकालको घोषणा गर्ने चेतावनी दिए । संसदको सहमतिविना नै अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल निर्माणका लागि मुलुकभर राष्ट्रिय संकटकाल घोषणा गर्ने ट्रम्पले चेतावनी दिएका हुन् ।

सिमाक्षेत्रमा पर्खाल निर्माणका लागि राष्ट्रिय संकटकालको घोषणा गर्ने ट्रम्पको चेतावनी

सरकार शटडाउन जारी रहँदा अधिकांश अध्यागमन अदालतहरु बन्द रहेकाले कैयन मुद्दाहरु अनिश्चितकालका लागि स्थगित भएका छन् । तर अमेरिकी सरकार शटडाउनका बेलामा पनि अध्यागमन अदालतहरु देशनिकाला भने जारी रहेको छ ।

अमेरिकी सरकार शटडाउनमा देशनिकाला भने जारी, ४०० अध्यागमन न्यायाधिस विदामा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com