अमेरिकी अदालतमा ४ हजार नेपालीका एसाइलम पेन्डिङ, शटडाउनबाट प्रभावित (एक्सक्लुसिभ)


प्रकाशित मिति : पुस १६, २०७५ सोमबार

अमेरिकी अध्यागमन अदालतमा ४ हजार ४९ नेपालीका एसाइलम लगायत अध्यागमन सम्बन्धित मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले जनाएको छ । अमेरिकी अध्यागमन अदालतमा पेन्डिङ रहेका कुल ८ लाख ९ हजार ४१ मुद्दाहरुमध्ये शुन्य दशमलव ५ प्रतिशत मुद्दाहरु नेपालीका रहेका छन् ।

खासगरी डिसेम्बर २४, २६, २७ र २८ तारिखका लागि कैयन नेपालीका एसाइलमका मुद्दाहरुको सुनुवाई तय भएकोमा सरकार शटडाउनका कारण ती मुद्दाको सुनुवाई अनिश्चितकालका लागि पछाडि सारिएको छ । त्यस्तै कम्तीमा आगामी जनवरी २, ३ र ४ का लागि तय भएका एसाइलमका मुद्दाहरु पनि सरकार शटडाउनका कारण पछि सारिने सम्भावना रहेको छ ।

अमेरिकी अध्यागमन अदालतमा रहेका नेपालीका कुल ४ हजार ४९ मुद्दामध्ये ४ हजार ९ मुद्दा एसाइलमसँग सम्बन्धित रहेका छन् । ६ मुद्दाहरु अपराधसँग सम्बन्धित रहेका छन् भने बाँकी अन्य अध्यागमन सम्बन्धित मुद्दाहरु हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४ हजार ९ मध्ये सबैभन्दा धेरै न्युयोर्कमा २१८८ नेपालीका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेका छन् । त्यसपछि क्यालिफोर्नियामा ९४१, टेक्सासमा ३४१, मासाचुसेट्समा ९७, मेरिल्याण्डमा ८३ र भर्जिनियामा ८१ नेपालीका अध्यागमन मुद्दाहरु पेन्डिङ रहेका छन् ।

त्यस्तै कोलोराडोेमा ५८, जर्जियामा ५०, न्युजर्सीमा ३८, वासिंटनमा २५, पेन्सिलभेनियामा २०, न्यु मेक्सिकोमा १४, इलिनोयमा १३, ओहायोमा १२, मिनेसोटमा १० र एरिजोनामा १० नेपालीका अध्यागमन मुद्दाहरु अदालतमा पेन्डिङ अवस्थामा रहेका छन् । नेब्रास्कामा ६, केन्टकीमा ५, मिसिगन, नेभाडा, टेनेसी र युटाहमा दुईदुई, मिजौरी, ओरेगन, कनेक्टिकट, फ्लोरिडा र हवाईमा एकएक नेपालीका अध्यागमन मुद्दाहरु पेन्डिङ रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com