सरकार शटडाउनका बेला युएससीआईएसका अन्तरवार्ता जारी, आवेदन स्वीकार


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

अमेरिकी सरकार शटडाउनका कारण युएससीआईएसका कुनै पनि अन्तरवार्ता र अप्वाइन्टहरु प्रभावित नभएको युएससीआईएसले स्पष्ट पारेको छ । सरकार शटडाउनका बेलामा समेत एसाइलम, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ताहरु कायम रहेका छन् ।

बायोमेट्रिक अप्वाइन्टमेन्टहरु पनि कायम रहेका छन् भने नागरिकता वितरण समारोहहरु पनि जारी रहेका छन् । युएससीआईएसले आवेदकलाई आफ्ना तोकिएका अन्तरवार्ताकै मिति र समयमा उपस्थीत हुन सुचित समेत गरेको छ ।

युएससीआईएसले सरकार शटडाउनका बेलामा समेत ग्रिनकार्ड वा अन्य कुनै पनि अध्यागमन आवेदनहरु नियमित रुपमा स्वीकार गरिरहेको छ । त्यसैले कुनै पनि अध्यागमन सुविधाका लागि आवेदकहरुले अन्य समयमा जस्तै आवेदन दिन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर ईबी फाइभ इमिग्रेन्ट इन्भेस्टर रिजनल सेन्टर प्रोग्राम, ई भेरिफाई, जे वान मेडिकल डाक्टरका लागि वेभर कार्यक्रम, नन मिनिस्टर धार्मिक कार्यक्रमहरु भने सरकार शटडाउनबाट प्रभावित भएका छन् । त्यस्तै सामाजिक सञ्जाल र वेवसाइटमा पनि अपडेट बन्द गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com