‘अमेरिकी सरकार शटडाउनले कैयन नेपालीका एसाइलम २ बर्षभन्दा पछि सर्छन् ‘ – रमेश श्रेष्ठ


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

अमेरिकी सरकार शटडाउनका कारण अध्यागमन अदालतमा रहेका नेपालीका एसाइलमहरुमा नकारात्मक प्रभाव परेको अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभएको छ । सरकार शटडाउनका कारण लामो समयदेखि एसाइलमको सुनुवाई कुरेर बसेका ठूलो संख्यामा नेपालीहरु प्रभावित भएका छन् ।

डिसेम्बर २६, २७ ,२८ तथा जनवरी २ र ३ मा मा सुनुवाई तय भएका कैयन नेपालीका एसाइलमका मुद्दाहरुको सुनुवाई अनिश्चिकालका लागि स्थगित भएको श्रेष्ठले जानकारी दिनुभयो । सरकार शटडाउनका कारण एसाइलमको सुनुवाई स्थगित भएकाहरुले सरकार खुलेपछि सुनुवाईको नयाँ मिति पाउनेछन् ।तर नयाँ मिति भने दुईतीनबर्ष पछिको समेत हुनसक्ने सम्भावना रहेको छ ।

उहाँले खसोखाससँग कुराकानी गर्दै भन्नुभयो –‘सुनुवाई तोकेका कोही न्यायाधिसहरुको तालिका दुईतीनबर्षसम्म समेत व्यस्त रहेको छ । त्यसैले कतिपय मुद्दामा नयाँ सुनुवाईको मिति पाउन महिनौंदेखि बर्षौसमेत लाग्नसक्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खासगरी अमेरिकी अध्यागमन हिराशतमा रहेका बाहेक अरुका एसाइलम आवेदनमा शटडाउनका कारण सुनुवाई स्थगित भएको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुको क्रेडिबल फियर अन्तरवार्तामा समेत शटडाउनले प्रभाव पारेको उहाँले बताउनुभयो ।

अमेरिकी अध्यागमन अदालतमा रहेका नेपालीका कुल ४ हजार ४९ मुद्दामध्ये ४ हजार ९ मुद्दा एसाइलमसँग सम्बन्धित रहेका छन् । ६ मुद्दाहरु अपराधसँग सम्बन्धित रहेका छन् भने बाँकी अन्य अध्यागमन सम्बन्धित मुद्दाहरु हुन् ।

४ हजार ९ मध्ये सबैभन्दा धेरै न्युयोर्कमा २१८८ नेपालीका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेका छन् । त्यसपछि क्यालिफोर्नियामा ९४१, टेक्सासमा ३४१, मासाचुसेट्समा ९७, मेरिल्याण्डमा ८३ र भर्जिनियामा ८१ नेपालीका अध्यागमन मुद्दाहरु पेन्डिङ रहेका छन् ।

त्यस्तै कोलोराडोेमा ५८, जर्जियामा ५०, न्युजर्सीमा ३८, वासिंटनमा २५, पेन्सिलभेनियामा २०, न्यु मेक्सिकोमा १४, इलिनोयमा १३, ओहायोमा १२, मिनेसोटमा १० र एरिजोनामा १० नेपालीका अध्यागमन मुद्दाहरु अदालतमा पेन्डिङ अवस्थामा रहेका छन् । नेब्रास्कामा ६, केन्टकीमा ५, मिसिगन, नेभाडा, टेनेसी र युटाहमा दुईदुई, मिजौरी, ओरेगन, कनेक्टिकट, फ्लोरिडा र हवाईमा एकएक नेपालीका अध्यागमन मुद्दाहरु पेन्डिङ रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com