सिमाक्षेत्रमा पर्खाल निर्माणका लागि राष्ट्रिय संकटकालको घोषणा गर्ने ट्रम्पको चेतावनी


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा राष्ट्रिय संकटकालको घोषणा गर्ने चेतावनी दिएका छन् । संसदको सहमतिविना नै अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल निर्माणका लागि मुलुकभर राष्ट्रिय संकटकाल घोषणा गर्ने ट्रम्पले चेतावनी दिएका हुन् ।

बरिष्ठ डेमोक्र्याट नेताहरुसँगको भेटपछि ट्रम्पले यस्तो प्रतिकृया दिएका हुन् । भेटमा डेमोक्रेटिक पार्टीका नेताहरुले पर्खाल लगाउने ट्रम्पको प्रस्तावमा असहमति जनाएका थिए ।

सिमानामा पर्खाल लगाउने विषयमा सहमति जुट्न नसक्दा गत डिसेम्बर २२ देखि अमेरिकी सरकार आंशिक रुपमा शटडाउन भइरहेको छ । जसका कारण झण्डै ८ लाख संघीय कर्मचारीहरु वेतलवी भएका छन् ।

शुक्रबार झण्डै ९० मिनेट डेमोक्रेटिक नेताहरुसँग ट्रम्पको भेटघाट भएको थियो, जसलाई ट्रम्पले उत्पादनमुलक भएको बताएका थिए । तर उनले पर्खाल लगाउने बजेट संसदबाट पारित नभए संकटकाल लगाएर भएपनि पर्खाल लगाउने बाटो आफूसँग भएको चेतावनी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा युद्धको समयमा वा राष्ट्रिय संकटकाल घोषणा गरिएको समयमा राष्ट्रपतिले निर्माणको काम गर्नसक्ने प्रावधान रहेको छ । तर त्यसका लागि रकम भने अमेरिकी संसदले फरक उद्देश्यका लागि रक्षा मन्त्रालयका लागि छुट्याएको बजेटबाट खर्च गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com