फोनमा कुरा गर्दा गर्दै अमेरिकामा नेपाली विद्यार्थीले गरे आत्महत्या


प्रकाशित मिति : मंसिर १६, २०७५ आईतबार

क्यालिफोर्नियामा एकजना नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । २४ बर्षीय गणेश तिवारीले आफू सुत्ने कोठामा आत्महत्या गरेको खबर नयाँ पत्रिका दैनिकमा प्रतिमा बाँस्कोटाले लेखेकी छिन् ।

क्यालिफोर्नियाको सन्नीभिलमा बस्दै आएका नवलपरासीका तिवारीले आत्महत्या गर्नु अगाडि आफूले आत्महत्या गर्न लागेको कुरा साथीलाई फोनमा बताएका थिए । तर साथीले ठट्टा सोंचेपनि फोनमा कुरा गरेपछि तिवारीले आत्महत्या गरेको जनाइएको छ ।

दिउसो अबेरसम्म पनि नउठेपछि अपार्टमेन्टमा बस्ने साथीहरुले ढोका फोरेर हेर्दा उनले आत्महत्या गरेको भेटिएको थियो । उनका साथीहरुका अनुशार पहिले पनि उनले आत्महत्या गर्न चाहेको कुरा बताउँदै आएका थिए ।

सन् २०१६ को अगस्तमा विद्यार्थी भिसामा अमेरिकामा आएका उनले मिनिसोटा युनिभर्सिटीमा पढ्दा पढ्दै क्यालिफोर्निया गएका थिए । क्यालिफोर्नियामा उनले ग्यास स्टेशनमा काम गर्दै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा रहेका नेपाली डिप्रेशनको शिकार, यसरी बचौं

अमेरिकामा नेपाली विद्यार्थीहरुले आत्महत्या गर्ने दर निकै डरलाग्दो रहेको छ । गतबर्ष बाल्टिमोरमा २३ बर्षीय विद्यार्थी प्रसिद्ध कँडेलले आत्महत्या गरेका थिए । त्यस्तै गत सेप्टेम्बरमा सान फ्रान्सिस्कोमा नेपाली विद्यार्थी संजित भट्टले पुलबाट हामफालेर आत्महत्या गरेका थिए । त्यस्तै गत अगस्तमा टेक्सासको डालसमा २२ बर्षीय नेपाली विद्यार्थी सुरज गमलले आत्महत्या गरेका थिए ।

पढाईको चाप र डिप्रेशनका कारण अमेरिकामा नेपाली विद्यार्थीहरुले आत्महत्या गर्दै आएको रेकर्ड छ । विद्यार्थी बाहेक अन्य नेपालीहरुले पनि अमेरिकामा आत्महत्या गर्दै आएको लामो फेहरिस्त रहेको छ ।

अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थीको मृत्यु

न्युयोर्कको रिजउडमा बस्ने दाङका एक युवाले आफू बसेको घरको तीन तलाबाट हामफालेर आत्महत्या गरेका थिए । दलाललाई लाखौं रकम बुझाएर मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिरेका उनले अमेरिका पस्न गरेको दुःख पनि बिर्सिएर आत्महत्या सजिलो माने । सन् २०१४ मा नोभेम्बरमा क्यालिफोर्नियामा काठमाडौंका अर्का युवाले पुलबाट हामफालेर आत्महत्या गरे । सानफ्रान्सिस्कोमा रहेको गोल्डेनगेट पुलबाट हाम फालेर उनले आत्महत्या गरेका थिए । टेक्सासमा बस्दै आएका उनले सानफ्रान्सिस्को विमानस्थलबाट ओर्लेर सिधै पुलमा पुगेर हाम फालेका थिए ।

अमेरिकामा २२ बर्षीय नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल पठाउन सहयोग संकलन

सन् २०१३ को सेप्टेम्बरमा न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका २४ वर्षीय अर्का युवाले न्युयोर्ककै लङ आइल्याण्ड सिटी इस्ट रिभरमा आत्महत्या गरेका थिए । पाँचवर्ष अमेरिकामा विताएपनि उनले अगाडी बाटो देखेनन् र आत्महत्या नै रोज्न पुगे । सन् २०१३ को जुनमा अमेरिकाको लुजियानमा नेपाली विद्यार्थीले आत्महत्या गरे । २० वर्षीय विद्यार्थी उनले लुजियानामा आफू बस्ने कोठामा आत्महत्या गरेका थिए । सन् २०१२ को अगस्त २४ मा ३७ वर्षीयाले अमेरिकाको मेरिल्याण्डमा झुण्डिएर आत्महत्या गरे । २६ लाख रुपैया खर्च गरेर दलालमार्फत मेक्सिको हुदै अमेरिका आएका उनी डिप्रेशनका विरामी रहेको बताइएको थियो । ६ महिना लगाएर अमेरिका आएका उनले डेढवर्षमा पनि आफ्नो ऋण तिर्न नसकेको अवस्थामा आत्महत्या गरेका थिए ।

त्यस्तै सन् २ हजार १७ को अन्तिममा मिसिसिपीका एक विद्यार्थीले पनि तालको नजिकै झुन्डिएर आत्महत्या गरे । कलेजको समस्याले तनावमा रहेका उनले कामबाट सिधै गएर आत्महत्या गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com