आज अन्तर्राष्ट्रिय बाल दिवस


प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार

आज अन्तर्राष्ट्रिय बाल दिवस नेपालमा पनि मनाउन थालेको २८ वर्ष पूरा भएको छ । सन् १९९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धि अनुमोदन गरेलगत्तै ऐक्यबद्धता जनाएको नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको थियो।

यसपछि नेपालमा अन्तर्राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो। वि.सं. २०४ मा नेपालमा पहिलो पटक बालबालिका सम्बन्धी ऐन बन्यो। त्यसपछि २०५१ मा नियमावली बन्यो। बालश्रम निषेध ऐन, २०५६ लगायतका बालबालिका सम्बन्धी थुप्रै ऐन बने। तर, कुनै पनि ऐन प्रभावकारी रूपमा कार्यान्यवन हुन नसकेको बाल अधिकारका अभियान्ताहरुको भनाइ छ ।

वि. सं. २०६८ सालको जनगणनाअनुसार नेपालमा बालबालिकाको संख्या १ लाख ४ हजार ७ सय १४ रहेको छ । जसमध्ये ५६ हजार २ सय ६७ बालक र ४८ हजार ४ सय ४७ बालिका छन् । बाल दिवसका अवसरमा आज महिला बालबालिका मन्त्रालयले ११ बजे कार्यक्रम गर्दैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com