ट्रम्प डढेलो प्रभावित क्यालिफोर्नियामा


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

अमेरिकी इतिहासकै सबैभन्दा भीषण भनिएको डढेलोले निम्त्याएको विनाशको आकलन गर्न राष्ट्रपति डोनल्ड ट्रम्प क्यालिफोर्निया पुगेका छन्।

क्याम्प फायर नामक डढेलोका कारण कम्तीमा ७१ जनाको ज्यान गइसकेको छ।

एक हजारभन्दा बढी मानिस हराइरहेका छन् र अधिकारीहरूले त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन्।

प्याराडाइज नगरमा बोल्दै राष्ट्रपति ट्रम्पले त्यस्तो दृश्य देख्न पाउँदा दुःख लागेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विपद्
जङ्गलको कमजोर व्यवस्थापनका कारण यस्तो विपद्‌ निम्तिएको भनी आफ्नो दावीलाई ट्रम्पले दोहोर्‍याए।

उनले भने, “हामीले हाम्रो व्यवस्थापनमा सुधार ल्याउनुपर्ने छ र वातावरण संरक्षणवादी समूहहरूसँग मिलेर काम गर्नेछौँ, यो डढेलो सबैले हेरेको हुनुपर्छ।”

“मलाई लाग्छ यो हदसम्म विनाश अब हामीले फेरि हेर्नुपर्ने छैन।”

विज्ञहरूले मौसम, जलवायु परिवर्तन लगायतलाई डढेलोको प्रमुख कारण ठहर्‍याएका छन्।

प्याराडाइज नगरमा ट्रम्पले कानून कार्यान्वयन गराउने स्थानीय निकाय, राजनीतिज्ञ र खोजी कार्यमा संलग्नहरूको प्रशंसा गरे।

ध्वस्त
उनले भने, “यो हेर्नुपर्दा निकै दुःख लागेको छ। अहिले हामीले नराम्ररी घाइते भएका मानिसहरूको हेरचार गर्न चाहेका छौँ।”

प्याराडाइज नगरमा थप शवहरू भेटिएपछि डढेलोमा परी ज्यान गुमाउनेको शुक्रवार ७१ पुगेको हो।

डढेलोबाट प्याराडाइज नगर लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन्।

क्याम्प फायर शुरू भएको आठौँ दिन पुगिसक्दा सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरहरूले फरेन्सिक टोलीलाई शव खोज्न सघाइरहेका छन्।

क्याम्प फायर करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ। यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com