जापानमा ३० येन चोरेको आरोपमा व्यक्ति पक्राउ


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

कहिलेकाहिँ कति पैसा चोर्यो भन्दा पनि कहाँबाट चोरी भयो भन्ने कुराले व्यक्तिलाई बढी समस्यामा पार्छ । जापानमा यस्तै भएको छ । ३० येन चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । उनको चोरीको रकम त्यति ठूलो नभए पनि उनले जहाँबाट सो रकम चोरी गरे त्यसले चाहिँ उनलाई समस्यामा पारेको हो । जापानको ऐतिहासिक पुरातात्विक महत्व बोेकेको सिन्तो स्राइन (मन्दिरजस्तै पवित्र स्थल) मा जान कुनै रकम त लाग्दैन तर त्यहाँ प्रार्थना गर्ने समयमा भने केही रकम बुझाउनु पर्छ । यति नै पैसा दान दिनुपर्छ भन्ने त छैन तर दिनेहरुले धेरै धेरै रकम पनि दान दिने गरेकाद छन् ।

यस्तो पवित्र धरोहर सिन्तो स्राइनमा रहेको दान रकम संकलन गर्ने बाकसबाट मासाकाजु इगुचिले रकम चोरी गरेका हुन् ।

चिबा प्रिफेक्चरमा बसोबास गर्ने ५५ वर्षिय वेरोजगार इगुचिले एक बिहानै स्राइनमा गएर त्यहाँ भएको संकलन बाकस फुटाएर रकम चोरी गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थोरै भए पनि धेरै भएपनि चोरी त आखि चोरी नै हो । उनले चोरी गरेको रकम जापानको सबैभन्दा सस्तो खानेकुरा खरिद गर्न पनि पर्याप्त थिएन । यसअघि पनि स्राइनको संकलन बाकसबाट दुईपटक रकम चोरी भइसकेको छ । तर इगुचिले नै अगाडिका दुई चोरी गरेकाद हुन् भन्ने कुरा उनले स्विकार गरेका पनि छैनन् र यसको पुष्टि पनि भएको छैन । उनले खाली आफूलाई पैसाको जरुरत भएका कारण चोरी गरेको भन्ने बयान दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com