पाइलटले रक्सी खाएर विमान चलाउने क्रम बढ्यो


प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार

पाइलटले रक्सीसहितका नसालु पदार्थ खाएर विमान चलाउने क्रम बढेपछि जापानमा नयाँ प्रणाली लागु हुने भएको छ । जापानका एयरलाइन्सहरुले विमानस्थलमा नयाँ ब्रेथलाइजर सिस्टम लागु गर्ने भएका हुन् ।

रक्सी खाएको अवस्थामा एक पाइलट हिटथ्रो विमानस्थलबाट पक्राउ परेपछि एयरलाइन्सले नयाँ ब्रेथलाइजर सिस्टम लागु गर्ने भएका हुन् । कात्सुतोशी जिट्सुकावा नाम गरेका पाइलट गएको महिना रक्सी खाएको अवस्थामा पक्राउ परेका हुन् ।

उनको शरीरमा रक्सीको मात्रा कानुनी रुपमा मान्य भन्दा नौ गुणा बढी रहेको पाइएको थियो । उनले पक्राउ पर्नुअघि एयरलाइन्सको ब्रेथलाइजर टेस्टमा चिट अर्थात छल गरेका थिए ।

यस्तै जापानी एयरलाइन्सका उडानहरु पाइलटले नसालु पदार्थ खाएका कारण ढिलो हुने गरेका कारण पनि नयाँ ब्रेथलाइजर सिस्टम ल्याइएको हो । जापानले कानुनमा पाइलटको खान मिल्ने रक्सीको सीमा तोकेको छैन । यसका लागि एयरलाइन्सले नै व्यवस्था गर्ने छुट छ ।

गएको महिना पक्राउ परेका पाइलट जिट्सुकावाको प्रति १०० मिलिलिटर रगतमा १८९ जिएम रक्सीको मात्रा पाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com