बसाईसराइको लागि मिलिनेयरहरुको रोजाइका देशको सूचीमा अष्ट्रेलिया पहिलो स्थानमा


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

अष्ट्रेलिया विश्वका विकसित देश मध्ये धनाढ्यहरुको रोजाईमा पहिलो स्थानमा पर्न सफल भएको छ । AfrAsia Bank Global Wealth Migration Review २०१८ ले उक्त सूची सार्वजनिक गरेको हो ।

उक्त सूची अनुसार, ९५ हजार जना मिलिनेयर बसाई सरेका छन् । जसमध्ये १० हजार जनाले अष्ट्रेलियालाई रोजेका छन् । अष्ट्रेलिया बसाई सराइ गरेर आउनेमा धेरै चीन, भारत र बेलायतबाट रहेका छन् ।

अष्ट्रेलिया व्यापार, व्यवसायको लागि भौगोलिक दृष्टिकोणले पनि उपयुक्त हुनु, सुरक्षाको दृष्टिकोणले हेर्दा महिला तथा बालबालिकाको लागि संसारकै सुरक्षित देश मध्येको एक हुनु, अमेरिकाको तुलनामा कर कम हुनु, राम्रो स्वास्थ्यसेवा, राम्रो प्राकृतिक वातावरण आदिले गर्दा अष्ट्रेलियामा बसाईसराइको लागि सबैभन्दा बढी रोजाइमा परेको सर्भेले बताएको छ ।

अष्ट्रेलियापछि अमेरिका, क्यानाडा र संयुक्त अरब इमिरेट्स मिलिनेयरहरुको रोजाइमा परेका छन् ।
सूची :

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

The AfrAsia Bank Global Wealth Migration Review 2018

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com