विश्वकै सबैभन्दा सुरक्षित देश, जहाँ कुनै अपराध हुदैन, पुलिस कसलाई भन्छ भन्ने समेत थाहा छैन


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

के तपाईले अहिलेसम्म संसारको कुनै यस्तो देशको बारेमा सुन्नु भएको छ जहाँ न कुनै सेना-प्रहरी छन् न नौसेना नै…? यदि तपाईलाई थाहा छैन भने हामी आज तपाईलाई उक्त देशको बारेमा बताउनेछौं। सिर्फ यति मात्र होइन उक्त देशसँग सम्बन्धित केही रोचक जानकारी पनि दिन गईरहेको छौं।

सुरक्षा व्यवस्थाको लागि दुनियाँको सबै देशहरुले सेना-प्रहरी र नौसेनाको प्रबन्ध गरेका छन् तर युरोपको एक सानो देश यस्तो छ कि जहाँ कुनै सेना या नौसेना छैनन्। यसको बाबजुद पनि यहाँ कुनै अपराधको रेकर्ड छैन।

यस देशको नाम आइसल्याण्ड हो। यो देशलाई संसारको सबैभन्दा सुरक्षित देशहरुमध्येमा एक मानिन्छ। तपाई यो जानेर अचम्मित हुनेछ कि यहाँ प्रहरी बन्दुक लिएर कहिल्यै हिड्दैन।

यसलाई संसारको सबैभन्दा सुन्दर देश पनि मानिन्छ। यो देश युरोपको पश्चिमी क्षेत्रमा अवस्थित छ, जसले पूरा दुनियाँलाई आकर्षित गर्दछ। यहाँ समुन्दी किनारामा बिना कपडा हिड्नु सामान्य मानिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा अचम्मलाग्दो कुरा यो छ कि यस देशमा कुनै जंगल छैन। यसबाहेक, यस देशमा मानव बसोबास सुरु हुने समयमा स्यालहरु पाइन्थ्यो। त्यस समय यहाँ स्याल बाहेक अरु कुनै जनावर पाईएको थिएन।

यहाँका मानिसहरु धेरै नै बुद्दिमानी छन्। यस देशमा मानिसहरुको नाम त हुन्छ तर अन्तिम नाम(थर) भने हुदैन। त्यसकारण यहाँ कुनै पनि भेदभाव छैन। यहाँ कुनै रेलवे स्टेशन छैन। कुनै पनि यात्रा गाडीबाट गर्नुपर्छ।

यहाँ अधिकतम समय हिमपात भएपनि यहाँ मानिसहरु आइसक्रिम खान मन पराउँछन्। यद्यपि यो देशको पनि सुरुवातमा धेरै गरिबीको सामना गर्नु परेको थियो तर आज दुनियाँको सबैभन्दा सुरक्षित देश भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com