सनी लियोनीले नेपाली गीतको सुटिङ सकिन्


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

पोर्न इन्डष्ट्रीबाट बलिउडमा प्रबेश गरेकी चर्चित नायिका सनी लियोनी ले नेपाली फिल्ममा काम गर्न लागेको खबरले सिनेबजार तरंगित बन्यो । सुरुवाती दिनमा यस्ता खबरहरु आए पनि त्यती कसैले विश्वास गरेका थिएनन् तर केही समय अगाडी सनिले नै यसबारेमा ट्वीटगरेपछि उनले नेपाली फिल्ममा काम गर्न लागेको पुष्टी भएको थियो ।

बलिउडमा हट र बोल्ड अवतारमा देखिँदै आएकी सनिले पासवर्ड फिल्मका लागि आईटम नम्बर गरेकी हुन् । जुन गीतको सुटिङ लण्डनमा सम्पन्न भईसकेको छ । सनिले लण्डनको चिसोमा विक्रम जोशीसँग कम्मर मर्काएकीछिन् । गीतको सुटिङ मंगलबार र बुधबार गरी २ दिन लगाएर सकिएको छ ।

सुटिङ सकिएपछि फिल्मकी नायिका परी रानाले सनिसंग सेल्फी पोस्ट गर्दे सनिसंग काम गर्दाको अनुभव निकै राम्रो भएको सेयर गरेकीछिन् । बुझिए अनुसार सनिले उक्त गीतका लागि २ करोड पारिश्रृमिक लिएकीछिन् । अजुर्न पोखरेलले तयार पारेको गीतमा दुर्गा खरेलको आवाज रहेको छ । सनिले गीत सुनेर दिएको प्रतिक्रियापछि अर्जुन पनि दंग परेका थिए ।

निर्माता बिक्रम जोशीले उनलाई नेपाली फिल्म ‘पासवर्ड’ मार्फत नेपाली सिनेमा बजारमा भित्राउँन लागेका हुन् । सम्राट बन्सेतले निर्देशन रहेको उक्त फिल्ममा लोकप्रिय नायक अनुपबिक्रम राईछुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहेको फिल्मको गीतको काम सकिएलगत्तै सबै सुटिङ सकिएको छ । अब हेरौँ बलिउडमा अझै पनि नायिकाको रुपमा खासै स्वीकार नगरिएकी सनीको नेपाल फिल्ममा हुन लागेको प्रबेशलाई भने कसरी हेरिन्छ त्यो समयले नै देखाउँला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com