अष्ट्रेलिया आएको एक दशकमै ४ मिलियन डलरको मालिक बनेका तर ४० वर्ष नपुगेका दम्पत्ति


प्रकाशित मिति : कार्तिक २९, २०७५ बिहीबार

अष्ट्रेलिया आएर मिलियन डलर कमाउनु सबैको चाहना हो, तर सबैको वसको विषय भने होइन। नेपालको छिमेकी देश भारतको एक जोडी सन् २००४ मा अष्ट्रेलिया आएपछि हालसम्म ३.८ मिलियन डलर बराबरको सम्पत्तिको मालिक बनेको छ।

अष्ट्रेलियाको सिड्नीमा बस्ने कुल्वन्त सिंह र अर्विंदर धनोता २००४ मा अष्ट्रेलिया आएका थिए। २०१० मा विवाह गरेका उनीहरुले विवाह अगाडी नै आफूहरुले एक/एक वटा घर किनिसकेका थिए। विवाह पछि श्रीमान कुल्वन्त, श्रीमंती अर्विंदरले विवाह अगाडी किनेको घरमा गएर बस्न थाले र उनीहरुले कुल्वन्तले किनेको घर भाडामा दिए । भाडाको पैसा आइरहँदा, उनीहरुले सोंचे, अब यसलाई फेरी घरमै लगानी किन नगर्ने ? त्यसपछि उनीहरुले फेरी अर्को घर किनेर भाडामा दिए।

आर्थिक मन्दीको समयमा किनेकोले उनीहरुले घर सस्तोमा पाएका थिए । केही दिन अगाडी मात्र उनीहरुले एउटा घर, किनेको मूल्य भन्दा दोब्बर मूल्यमा बेचे। यसरि घर जग्गा जोड्दा जोड्दै उनीहरु अहिले ब्ल्याकटाउनमा एउटा अपार्टमेन्ट, ग्लेनवुडमा एउटा घर, किंग्सवुडमा एउटा फ्ल्याट र मेलबर्नमा जग्गाको मालिक बनेका छन्। उनीहरु दुवैजनाले आपसी समझदारी, दुई जनाको टिमवर्कले नै आफूहरु यो सम्पत्तिको मालिक बन्न सफल भएको बताउँछन्। ३७ वर्षिया श्रीमती सरकारी कार्यालयमा काम गर्छिन् भने ३९ वर्षीय श्रीमानको आफ्नै व्यवसाय छ।

घर जग्गा कारोबारमा इच्छुकहरुको लागि उनीहरुले सुझाव दिन्छन् , घर किन्दा राम्रो घर किन्छु भनेर हेर्नुहुन्न, सस्तो र पूरानो घर हेर्नुपर्छ। तर, त्यो घर यस्तो ठाउँमा हुनुपर्छ, जहाँ सार्वजनिक यातायातको सुविधा होस् र युनिभर्सिटी पनि नजिक होस्। त्यस्तो घर किनेर आफूले ‘रिनोभेसन’ गरेपछि त्यो नयाँ देखिन्छ र सस्तो पनि पर्छ। त्यसपछि त्यसलाई भाडामा दिन सकिन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com