अष्ट्रेलियामा विदेशी विद्यार्थीहरु पैसाको लोभमा भाङ्ग खेतीमा, एक वर्षमा २० जना भन्दा बढी जेल


प्रकाशित मिति : कार्तिक २९, २०७५ बिहीबार

अष्ट्रेलियामा विद्यार्थीहरु पैसाको लोभमा लागुपदार्थ सम्बन्धि व्यवसायमा संलग्न हुने गरेको रहस्य खुलेको छ । त्यस्ता विद्यार्थीहरु धेरैजसो भाङ्ग खेतीमा संलग्न हुने तथ्य समेत बाहिर आएको छ ।

डेली मेलका अनुसार, भाङ्गका व्यवसायीहरुले भाङ्ग हुर्काउने तथा भाङ्ग तयार गर्न आवश्यक सम्पूर्ण औजार बन्द घरभित्र नै उपलब्ध गराउँछन् र पैसाको खाँचो भएका विदेशी विद्यार्थीहरुलाई उक्त काममा खटाउँछन् । पक्राउ परेका एक विद्यार्थीका अनुसार, उनले एक हप्ताको पारिश्रमिक ५०० डलर पाउने गर्थे। केही समय अगाडी एक फ्याक्ट्रीमा आगो लागेर निभाउन जाँदा दमकलहरुले फ्याक्ट्री भित्रै लुकाएर भाङ्ग उत्पादन गर्ने गरेको भेटाएका थिए ।

सन् २०१६ मा २० जना विद्यार्थी यस सम्बन्धि मुद्धामा अदालत पुगेका थिए भने २०१७ मा त्यो संख्या २० भन्दा बढी पुगेको संचार माध्यमहरुको रिपोर्टले बताएको छ। यसरि मुद्दा खेप्ने र संलग्नताको पुष्टी हुने विद्यार्थीहरुलाई एक वर्षको जेल सजाय पनि तोकिएको छ। पक्राउ पर्ने अधिकांश विद्यार्थीहरु भियतनामी रहेको बताइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com