अष्ट्रेलियामा बिरामी बिदा लिएर बिहेमा गएको फोटो फेसबुकमा राखेका भारतीयको जागिर चट


प्रकाशित मिति : कार्तिक २९, २०७५ बिहीबार

अष्ट्रेलियामा एज्ड केयरमा काम गर्ने एक भारतीयले कामबाट बिरामी बिदा लिएर बिहेमा गएको थाहा हुन आएपछि जागिरबाट निकालिएका छन्। अडेलेड नावका अनुसार एज्ड केयरमा काम गर्ने डेनिल स्मिथ २०१६ मा ‘डिसक्वालिफाइड ड्राइभिंग’ का कारण दुई महिना जेल बसेका थिए। जेलको समयमा उनले काम गर्ने कार्यालयले तलब विहिन बिदा दिएको थियो ।

जेलबाट निस्किएपछि कार्यालयले डेनिललाई काममा फर्किन भन्यो । तर उनले नातेदारको बिहेमा जानको लागि बिदा मागे । कार्यालयले उनलाई बिदा दिएन ।त्यसपछि उनले आफू बिरामी भएको भन्दै डाक्टरबाट बनाएको मेडिकल रिपोर्ट कार्यालयमा पठाए। त्यसपछि उनको  कार्यालयका व्यक्तिहरुले फेसबुकमा डेनिल बिहेमा गएको फोटोहरु देखे। कार्यालयका एच.आर म्यानेजरले उनको बिमारी र बिहेमा उपस्थितिको बारेमा कुरा गर्न चाहे । तर डेनिलले ती म्यानेजर वा कार्यालयको कुनै प्रश्नलाई पनि उत्तर दिएनन् । जसका कारण उनी कामबाट निकालिए ।

डेनिलले आफूलाई जबर्जस्ति, कुनै कारणबिना कामबाट हटाएर अन्याय गरिएको भन्दै अदालतमा मुद्दा दायर गरे। मेडिकल रिपोर्टको बारेमा बुझ्दा डाक्टरले उनलाई डिप्रेसन भएको शंकामा बनाइएको बताए । त्यसपछि पर्याप्त अनुसन्धान गरियो । अनुसन्धानबाट डेनिल केही बिरामी भएता पनि उनलाई कामबाट निकालिनु स्वभाविक रहेको ठहर गरियो । जसले गर्दा उनले मुद्दा हारेका छन् । बिहेमा उपस्थित भएतापनि उनले एच.आर म्यानेजरले कुरा गर्न खोज्दा कुरा गरेको भए कामबाट निकालिने सम्भावना रहने थिएन र यदि निकालिएको भएपनि मुद्दामा उनी बलियो बन्थे भन्ने उल्लेख गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com