अमेरिकाको क्यालिफोर्नियामा आगलागी, मृत्यु हुनेहरुको संख्या २३ पुग्यो (फोटोफिचर)


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या २३ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उद्धारकर्ताहरुले आगलागीबाट प्रभावितहरुको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ ।  राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।

‘आज, हामीले थप १४ जनाको शव फेला पारेका छौँ, योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ,’ बट काउन्टीका प्रहरी अधिकारी कोरी होनेले बताए ।  आगोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको छ । भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ ।

आगलागी प्रभावित क्षेत्रका झण्डै ५२ हजारलाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको समाचारमा जनाइएको छ ।  बिहीबार बिहान सुरु भएको आगलागी प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो ।

आगलागीका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी छ हजार ७०० भन्दाबढी भवनहरु क्षतिग्रस्त भएका छन् ।

आगलागी भएको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्ण रुपमा जङ्गलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ ।

उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भएपनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन ।  उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जङ्गलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।

यस्तै, उत्तरी क्यालिफोर्नियाको बुटे काउन्टीको क्याम्प फायर एक सय पाँच हजार एकड जमिनमा फैलिएको छ ।

उक्त क्याम्प फायरले नौ जनाको ज्यान लिएको छ भने ३५ जना हराइरहेका छन् ।

यो क्यालिफोर्नियाको इतिहासमा सबैभन्दा विनाशकारी आगलागी मानिएको छ जुन विद्युतीय तारको गडबडीका कारण सुरु भएको अनुमान गरिएको छ ।

सान्ता एना शहरमा तीब्र गतीमा बहिरहेको हावाका कारण आगलागी अत्यधिक फैलिरहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार आपतकालको घोषणा गर्दै उद्दारकार्यका लागि आवश्यक रकम प्रदान गरिएको जानकारी दिएका छन् ।

पुलिसका अनुसार मुलहोल्यान्ड हाइवेमा शनिबार रोकिराखेको बसभित्र दुईजनाको शव भेटिएको जानकारी दिएको छ ।

क्त आगलागीका कारण लाखौं जनता आफ्नो घर छोड्न बाध्य भएका छन् ।

लस एन्जलसका काउन्टी शेरिफ चिफ जोन बेनेडिक्टले घाइतेबारे जानकारी दिन अस्विकार गरे ।

बुटे काउन्टीमा ९ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको भोलिपल्ट दुईको मृत्यु भएको जानकारी आएको हो ।

शनिबार लस एन्जलस टाइम्सले बताए अनुसार आगो नियन्त्रणका लागि हरसम्भव प्रयास गरिँदैछ ।

लस एन्जलस काउन्टी फायर चिफ ड्यारिल ओस्बीले उक्त आगलागीलाई अत्यधिक भयानक बताएका छन् भने इमर्जेन्सीका सदस्यले यस्तो आगलागी आफूले जीवनमा कहिले पनि नदेखेको बताएका छन् ।

 

Ratopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com