सामाजिक सुरक्षा बीमा सम्बन्धि नयाँ नियम ल्याउँदै जापान


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

जापानमा बस्ने विदेशीहरुले अनिवार्य तिर्नुपर्ने सामाजिक सुरक्षा विमा नियमित रुपमा नतिरेपछि सो सम्बन्धि नयाँ नियम लागू हुने संकेत देखिएको छ ।

जापान सरकारको महत्वकांक्षी योजनाका रुपमा लिइएको आगामी अप्रिलदेखि विदेशी जनशक्ति लिने बिषयमा आज भएको संसदको बैठकमा कानून मन्त्री यामासिताले नयाँ योजनामा विदेशी जनशक्ति भित्र्याउदा हाल देखिएको बिदेशीहरुले जापानमा बस्दा तिर्नुपर्ने सामाजीक सुरक्षा वीमा अन्तरगतको रकम गलत नियत बस नतिर्ने समस्यालाइ समाधान गर्नका लागि जापानमा बस्न नदिने बिषयमा छलफल शुरु गरेको जानकारी गराएका छन् ।

उनले स्वास्थ्य मन्त्रालय लगायत संम्बन्धित अन्य मन्त्रालयहरुसंग  समन्वय गरेर के–कस्तो निर्णय गर्ने भन्ने विषयमा टुँगो लगाउने बताए।

आजको संसदमा नयाँ योजना अन्तरगत आउने विदेशीहरुका लागि लक्षित छलफल भएकोले यस अघि जापान आएर बसोबास गरिरहेका बिदेशीलाइ पनि यो नियम लागू हुने नहुने बारे छलफल भएको छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com