यी हुन् अष्ट्रेलियाको सिटीजनसीप लिन आवश्यक योग्यता,कागजात र प्रक्रिया


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

अष्ट्रेलिया अहिले विश्वका धेरै मुलुकका नागरिकहरुको सपनाको देश बनिसकेको छ । त्यसैले यहाँ विभिन्न भिसामा आउने विदेशीहरुको संख्या वर्षेनी बढ्दो छ ।

अष्ट्रेलियाले पनि विभिन्न प्रकारका भिसाहरु उपलब्ध गराएर अष्ट्रेलियामा आउन चाहनेहरुका लागि बाटो सहज बनाइदिएको छ । भनिन्छ अपराध गर्ने उदेश्य बाहेक अरु जुनसुकै काममा आउन चाहनेका लागि अष्ट्रेलियाको भिसा खुल्ला अर्थात खुकुलो छ । त्यति मात्र होइन अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति अर्थात पीआर लिन पनि तुलनात्मक रुपमा सहज व्यवस्था छ । कानूनी प्रक्रिया र मापदण्ड सबै पूरा गर्नेले कुनै झण्झट विना सजिलै पीआर पाउँछन् । अझ त्यो भन्दा पनि ठूलो कुरा अष्ट्रेलियामा दोहोरो नागरिकताको व्यवस्था समेत छ । अर्थात अष्ट्रेलियाको नागरिकता पाउन आफ्नो देशको नागरिकता त्याग्नै पर्छ भन्ने छैन । सम्बन्धित देशमा दोहोरो नागरिकताको व्यवस्था छ भने अष्ट्रेलियाले त्यो देशको नागरिकता त्याग्न बाध्य बनाउँदैन । तर यसका लागि केही कानूनी प्रक्रियाहरु भने पूरा गर्नुपर्छ ।

कसरी लिने अष्ट्रेलियाको नागरिकता ?

अष्ट्रेलियन नागरिकताका लागि आवेदन दिएपछि पनि तुरुन्तै पाइदैन । यसका लागि कम्तिमा दुई वर्ष कुर्नुपर्छ । यसबीचमा अष्ट्रेलिया भन्दा बाहिर रहेपनि अष्ट्रेलियासँग आफ्नो आधिकारिक सम्बन्ध जोडिएको देखाउनुपर्छ । अष्ट्रेलियन नागरिकहरु कानूनी रुपमा कमनवेल्थ राष्ट्रका समेत नागरिक हुने गर्छन् । त्यसैले वेलायतमा पनि अष्ट्रेलिन नागरिकहरुलाई नागरिक सरह सबै अधिकार र सुविधा प्राप्त हुन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियाको नागरिकता लिन कम्तिमा ४ वर्ष अष्ट्रेलियामा बसेको हुनुपर्छ । यस्तै पीआर पाएको १२ महिना कुर्नुपर्छ । यसबीचमा तपाईको चरित्रका बारेमा अष्ट्रेलिया सरकारले तपाईलाई थाहै नदिई अध्ययन र अनुसन्धान गर्दछ । जस्तो तपाईसँग सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गरेर विवरण माग्ने,तपाईको फेसबुक,ट्वीटर लगायकता सामाजिक सञ्जालहरु क्रस चेक गर्ने आदि । त्यसैले यसबीचमा तपाईको चरित्र विल्कुल ठीक छ भन्ने भरोसा दिलाउन सक्नुपर्छ ।

आवश्यक कागजातहरु 

परिचय खुल्ने कागजातहरु :

जस्तै फोटो,हस्ताक्षर,हाल बसिरहेको ठेगाना,न्वारानको नाम,जन्म मिति आदि खुल्ने कागजातहरु ।

राम्रो चरित्र भएको कागजात :

जस्तो कुनै गैरकानूनी काममा संलग्न नभएको प्रहरीबाट प्रमाणित कागजात ।

यसदेखि बाहेक अरु सपोर्टिङ कागजातहरु पनि पेश गरे राम्रो । यदि ती कागजातहरु अँग्रेजी भन्दा भिन्न भाषामा छन् भने अँग्रेजीमा अनुवाद गरि प्रमाणित गरिएको हुनुपर्छ ।

यसरी कागजातहरु तयार भएपछि अनलाइन अथवा कागजी दुवै प्रक्रियाबाट आवेदन दिन सकिन्छ । यसका लागि २८५ अष्ट्रेलियन डलर आवेदन शुल्क बुझाउनुपर्छ ।

तपाईको आवेदन स्वीकृत भएपछि तपाईलाई केही परीक्षाका लागि एप्वाइन्टमेन्ट पाउनुहुन्छ । त्यस्तो परीक्षा लिखित अथवा मौखिक वा दुवै पनि हुन सक्छ । त्यसरी परीक्षा दिन जाँदा आफूले बुझाएका सबै कागजातहरुको सक्कल प्रति साथै लिएर जान नभुल्नुहोला । तर १८ वर्ष मूनिका वा ६० वर्ष भन्दा माथिकाहरुले भने कुनै परीक्षा दिनु पर्दैन ।

तपाईको नागरिकताका लागि दिइएको आवेदन स्वीकृत भएमा तपाईले सम्बन्धित राज्यको कार्यालयमा गएर शपथ लिनुपर्ने हुन्छ । यसका लागि छुट्टै कार्यक्रम राखिन्छ । स्वीकृत भएको ६ महिनाभित्र शपथ लिइसक्नुपर्छ । विशेष गरे स्थानीय काउन्सिलको कार्यालयमा यस्तो समारोहको आयोजना गरिन्छ । शपथ लिइसकेपछि तपाईले त्यही स्थानबाट अष्ट्रेलियाको नागरिकता लिन सक्नुहुन्छ ।

-हिमालयन कङ्गारु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com