‘अष्ट्रेलियाको मेलबर्नमा आतंकवादीको आक्रमण’


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

अष्ट्रेलियाको मेलबर्नस्थित बुर्क स्ट्रिटमा ग्यास सिलिण्डर राखिएको जिपमा आगो लगाएर गरिएको छुरा आक्रमण आतंकवादी गतिविधि भएको भिक्टोरिया राज्य प्रहरीले ठहर गरेको छ ।

आक्रमणमा परी एकजनाको मृत्यु भएको थियो भने दुईजना सामान्य घाइते भएका थिए । आक्रमणकारीलाई प्रहरीले गोली प्रहार गरेर मारेको थियो । सो घटनामा मृत्यु हुने व्यक्ति ‘पेलेग्रिनी एस्प्रेसो बार’का मालिक सिस्टो मालास्पिना रहेको प्रहरीले जनाएको छ ।

इस्लामिक स्टेट (आइएस( ले आक्रमणको जिम्मा लिँदै आफ्नो ‘अमाक’ समाचार वेब साइटमा आफ्ना लडाकुले उक्त आक्रमण गरेको कुरा उल्लेख गरेको थियो । उक्त समाचार संस्थाले सो कुरा पुष्टि हुने प्रमाण भने दिएको छैन ।

भिक्टोरिया राज्यको प्रहरीले ९ नोभेम्बर शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरेर सो आक्रमणलाई आतंकवादी हमलाको रूपमा लिएको बताएको हो । सम्मेलनमा भिक्टोरिया राज्यका प्रमुख प्रहरी कमिश्नर ग्रयाहाम एस्टनले आक्रमणकारी सोमालियाबाट सन् १९९० मा अष्ट्रेलिया आएको जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले उक्त आक्रमण गर्ने व्यक्तिको परिचय नखुलाए पनि ‘द सन हेराल्ड’ पत्रिकाले भने सो आक्रमण गर्ने व्यक्ति ३१ वर्षीय मोहम्मद खालिफ रहेको लेखेको छ । उनलाई ‘हसन सायर’ भनेर पनि चिनिन्छ ।

यसअघि सो स्थानमा एक गाडीमा आगजनी भएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुग्नासाथ आक्रमणकारीले प्रहरीमाथि पनि अन्धाधुन्ध चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका थिए । छुरा नियन्त्रण गर्न प्रहरी तथा केही स्थानीय व्यक्तिले सहयोग गरे पनि आक्रमणकारीलाई नियन्त्रण लिन नसकिएपछि स्थानीयले प्रहरीलाई गोली चलाउन अनुरोध गर्दै चिच्याएका थिए । त्यसलगत्तै प्रहरीले आक्रमणकारीलाई गोली प्रहार गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरी घटनास्थलमा आउनुअघि आक्रमणकारीले अन्दाजी ६० वर्षीय पुरुषलाई अनुहारमा चक्कु प्रहार गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईजनालाई सामान्य चोटपटक लागेको थियो । उनीहरूको उपचार भइरहेको जनाइएको छ ।

भिक्टोरिया राज्यका प्रिमियर ड्यानिल एन्ड्रूजले सो घटनाको भत्सर्ना गर्दै आक्रमणकारीलाई नियन्त्रणमा लिनका लागि सहयोग गर्ने प्रहरी तथा सर्वसाधारणलाई धन्यवाद दिएका थिए ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सो घटनाको जानकारी आफूले लिएको तथा यसको छानविन राज्य तथा फेडेरल अधिकारीहरूले मिलेर गरिरहेको बताएका छन्। उनले सो घटनाको निन्दा गर्दै हामीले प्राप्त गरेको स्वतन्त्रताको उपभोग गर्दै अघि बढ्ने र यस्ता आक्रमणले हामीलाई कत्ति पनि विचलित नबाउने कुरा एक विज्ञप्ति जारी गरेर बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com