दीपावलीको मौका छोपेर मलेसियामा ‘सेक्स पार्टी’ आयोजना गर्ने ४५ जना पक्राउ


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

दीपावलीको मौका छोपेर ‘ड्रग्स तथा सेक्स पार्टी’ आयोजना गर्ने ४५ जना युवालाई मलेसियाको प्रहरीले पक्राउ गरेको छ ।सेरदाङ प्रहरीका असिस्टेन्ट कमिस्नर इस्मादी बोरहानका अनुसार क्वालालम्पूरको दक्षिणमा पर्ने सेरी केम्बानगानबाट लागुऔषध सेवन गरी अश्लील कार्यमा संलग्न युवाहरुलाई पक्राउ गरेको हो ।

बोरहान भन्छन्, ‘हामीले १४ वर्षदेखि २६ वर्षसम्मको उमेरसमहूका ४५ जनालाई पक्राउ गरेका छौ । तीमध्ये ३३ जनाले गाँजा र अन्य लागुऔषध सेवन गरेको प्रमाणित भएको छ ।’इस्मादीका अनुसार यो समूहले पहिले पनि यस्तै पार्टीको आयोजना गर्दै आएको थियो । उनका अनुसार त्यस पार्टीमा सहभागी हुने प्रत्येकव्यक्तिबाट ६० रिंगिट लिइन्थ्यो ।

लागुऔषध लिन चाहनेका लाथि थप शुल्क तिर्नु पर्दथ्यो त्यति मात्रै होइन, पार्टीमा जानेहरु अश्लील क्रियाकलापमा समेत संलग्न भएका थिए । पक्राउ परेकामध्ये ९ जना माध्यमिक तहका विद्यार्थी भएको प्रहरीले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com